१८औं सार्क शिखर सम्मेलन सकियो, उर्जा सहकार्यमा सम्झौता - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, November 27, 2014

१८औं सार्क शिखर सम्मेलन सकियो, उर्जा सहकार्यमा सम्झौता


 अशोक महत
३६ बुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै दक्षिण एसियाली सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनको समापन भएको छ । काठमाण्डुको राष्ट्रिय सभागृहमा सार्क समापन सामारोह भएको हो ।  सार्क राष्ट्रहरुबीच उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । १९औं सार्क सम्मेलन पाकिस्तानमा हुने घोषणा पनि गरिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले सार्कको १९औं शिखर सम्मेलनको स्थान र मिति तय भएको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री कोइरालाले सार्क सम्मेलनको अध्यक्षका हैसियतले घोषणापत्र पढेर सुनाउनु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन आयोजना गर्ने मुलुकका सरकार प्रमुखका हैसियतले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको उपस्थितिमा उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो । सदस्य मुलुकका वैदेशिक÷बाह्य मामिला मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो ।
अफगानिस्तानका कामु विदेशमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतका बाह्य मामिलामन्त्री श्रीमती सुषमा स्वराज, माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस र नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।
 यसैविच, राष्ट्रपति रामवरण यादवले राष्ट्रप्रमुख तथा सार्क राष्ट्रका अतिथिहरुलाई रात्री भोज दिदै दिनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ समापनकै राति फर्किने भएपछि राष्ट्रपति यादवले दिने रात्रिभोजको एक घण्टा अघि सारिएको थियो ।
श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षसहित केही राष्ट्राध्यक्ष भ्रमण छोट्याएर समापनकै रात स्वदेश फर्किने भएपछि भोज एक घण्टा अघि सारिएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । रात्री भोज शीतल निवासमा आयोजना गरिएको छ ।

भारत र पाकिस्तानका प्रधानमन्त्रीले समापन समारोहमा हात मिलाए 
सार्क शिखर सम्मेलनको समापनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तनका प्रधानमन्ी नवाज सरिफबीच औपचारीक सम्वाद भएको छ । समापनका क्रममा भारतका प्रधानमन्त्री मोदीले हात अगाडी बढाउनु भएको थियो । उहाँले हात मिलाएपछि समापन समारोहमा सहभागि सबैले तालिले स्वागत गरेको थिए । दिउँसो प्रधानमन्त्री सुशील कोइरालाको पहलमा धुलिखेलमा पनि अनौपचारीक कुराकानी भएको थियो ।

धेरै पटक पढिएको