सार्क सम्मेलनभरी लोडसेडिङ नहुने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, November 20, 2014

सार्क सम्मेलनभरी लोडसेडिङ नहुने

उर्जामन्त्री राधा ज्ञवालीले १८ औं सार्क शिखर सम्मेलनभरि राजधानी काठमाडौं धुलिखेल सहित राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले भ्रमण ठाउँमा लोडसेडिङ नहुने बताउनुभएको छ ।
उहाँले जनकपुर, लुम्बिनी, मुक्तिनाथ र धुलिखेल लोडसेडिङ मुक्त हुने बताउनुभयो । रिपोर्टर्स क्लब नेपालले वुधबार गरेको साक्षात्कारमा उहाँले त्यसको लागि भारतबाट ५ सय मेगावाट विद्युत मागेको र त्यसमध्ये १ सय ७० मेगावाट विद्युत अयात भइरहेको जानकारी दिनुभयो ।
मन्त्री ज्ञवालीले यस बर्ष अघिल्ला बर्षहरुभन्दा भन्दा हिउँदको समयमा कम लोडसेडिङ हुने दाबी गर्नुभयो ।
हालै भएको सार्क पावर सेन्टरको कार्यक्रममा नेपालबाट उत्पादित विद्युतले समग्र सार्क क्षेत्रको उर्जा संकट समाधान गर्ने निस्क्र्ष निकालेकोले आगामी सार्क शिखर सम्मेलनमा उर्जा विकास र उर्जा व्यापार प्रमुख एजेण्डाका रुपमा रहने समेत उहाँले प्रष्ट पार्नुभयो।

धेरै पटक पढिएको