बालबालिकाको क्षेत्रमा काम गर्न एक जुट हुनुपर्छ : मूख्य सचिव पौड्याल - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, November 20, 2014

बालबालिकाको क्षेत्रमा काम गर्न एक जुट हुनुपर्छ : मूख्य सचिव पौड्याल

 पनौती÷ नेपाल सरकारका मुख्य सचिव लिलामणि पौड्यालले बालबालिकाको क्षेत्रमा काम गर्न सबकोै ध्यान जान जरुरी रहेको बताउनुभएको छ । वुधबार काभ्रेको पनौती ११ बाहुनडाँडामा रविन्द्र पुरी फाउन्डेसनले स्थापना गरेको रंगिन बाल गृहको शिलान्यास गर्दै उहाँले बालबालिका, बृद्धवृद्धा र महिलाको क्षेत्रमा काम गरेर राज्यलाई सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नुभएको हो ।
समृद्ध नेपालका लागि सामाजिक काम गरेर राज्यलाई सघाउन पौड्याले गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरे । गैरसरकारी संस्थाहरुकै सहयोगबाट राज्य विकासमा थप इट्टा थपिने पौड्यालको भनाई छ ।  देशमा लामो समय जारी द्धन्द्धले महिला, बालबालिका र वृद्धवृद्धाहरु पिडित बनेको भन्दै उनले विछिप्त मनहरुलाई मल्हम लगाउन सबैको सहयोग अपरिहार्य रहेको औल्याउनुभयो ।
नेपाल इन्टिभेटिव नामक जर्मनी संस्थाको सहयोगमा निर्माण हुन लागेको बालगृहमा १ सय अनाथ तथा असाय बालबालिका राखिने संस्थाले जनाएको छ । बालगृह २ वर्ष भित्र संञ्चालनमा आउँने संस्थाका निर्देशक रविन्द्र पुरिले जानकारी दिनुभयो ।
बालगृहमा कक्षाकोठा, ब्यायमशाला, स्वच्छ हरियाली वातारण, खेलकुद मैदान लगायतका सुविधा बालबालिकाहरुलाई उपलब्ध गराइने पुरिले बताउनुभयो । पुरिका अनुसार बालगृह निर्माणका लागि ३ करोडको लागत लाग्ने छ ।
आर.पी फाउन्डेसनले देशका ७५ वटै जिल्लामा नमुना विद्यालय निमार्ण गर्ने अभियान अन्र्तगत हालसम्म काभ्रे, भक्तपुर, रामेछाप, गोरखालगायत १० वटा जिल्लामा विद्यालय स्थापना गरिसकेको छ ।

धेरै पटक पढिएको