सार्कमा धुलिखेलमा हुने रिट्रिटको तयारी पुरा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, November 22, 2014

सार्कमा धुलिखेलमा हुने रिट्रिटको तयारी पुरा

धुलिखेलदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको धुलिखेलमा हुने भनिएको रिट्रिटको सबै तयारी पूरा भएको छ।  
हवाई आवागमनका लागि हेलिप्याड निर्माणका साथै रिट्रिटस्थल जाने स्थलमार्गका लागि धुलिखेलको बसपार्कदेखि स्थानीय गौखरेश्वर मन्दिरसम्म सडक मर्मत सम्हारको काम सकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।  
रिट्रिटस्थल धुलिखेल नगरपालिका वडा नं १ स्थित भट्टेडाँडामा हेलिकप्टर अवतरणका लागि झन्डै तीन साता लगाएर नेपाली सेनाको नेतृत्वमा दुई वटा हेलिप्याड निर्माणको काम सकिएको छ । सो हेलिप्याडबाट हेलिकप्टरको परीक्षण उडानसमेत गरिएको छ । काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईले हेलिप्याड निर्माणका लागि जिल्ला विकास समितिबाट सापटीका रुपमा रु १० लाख प्रदान गरिएको उल्लेख गरे।  
सार्कका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको धुलिखेल रिट्रिट हुने भएपछि नगरलाई व्यवस्थित बनाउन पार्किङको अव्यवस्था हटाइएको छ भने सर्वपक्षीयरुपमा सरसफाइसमेत गरिएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले रिट्रिटको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिँदै जिल्लाका लागि यो गौरबको विषय भएकाले सबै नागरिकको उत्तिकै दायित्व हुने बताए। 
शिखर सम्मेलन उद्घाटन पछि राष्ट्र एवम् सरकार प्रमुखलाई रिट्रिटमा लैजाने र सम्भव भएसम्म दुई पक्षीय वार्ताको वातावरण तय गरिदिने प्रचलन छ । सन् २००२ को ११ औँ शिखर सम्मेलनमा नगरकोटमा रिट्रिट दिने भनिए पनि सफल भएको थिएन । रासस

धेरै पटक पढिएको