शेख हसिनाबाहेक सार्कका प्रमुख धुलिखेलमा, अनौपचारिक कुराकानी हुदै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, November 26, 2014

शेख हसिनाबाहेक सार्कका प्रमुख धुलिखेलमा, अनौपचारिक कुराकानी हुदै

 अशोक महत, धुलिखेल, मंसिर ११
सार्कका राष्ट्रका प्रमुखहरु आराम तथा रिट्रिटका लागि काभ्रेको धुलिखेल पुगिसकेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेद वाहेक सार्कका ७ राष्ट्रका प्रमुखहरु सबै रिट्रिटका लागि धुलिखेल पुगेका हुन् । स्वास्थ्य खराब रहेको कारण देखाउँदै शेखहसिना धुलिखेल रिट्रिटमा सहभागी नहुभएको हो ।
रिट्रिटका लागि प्रधानमन्त्री सुशील कोइराला सबैभन्दा पहिले धुलिखेल पुग्नुभएको थियो । सार्क अध्यक्ष समेत रहनुभएका कोइराला पाहुनाहरुको स्वागत तथा रिट्रिटको प्रवन्धबारे जानकारी लिन सबैभन्दा पहिले धुलिखेल पुग्नुभएका हो ।
रिट्रिटका पाहुनाको स्वागत सरकारका सहसचिव रमेश खनाल तथा काभ्रेका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले गर्नुभएको थियो ।
धुलिखेलस्थित द्धारिकाज होटलमा नास्ता खाँदै सार्क राष्ट्रका प्रमुहरुले अनौपचारिक कुराकानी गरिरहेका छन् । सार्कका पाहुनाहरुलाई होटलमा दिवाभोजको व्यवस्था पनि गरिएको छ । सार्कका राष्ट्रका प्रमुखहरुको आगमनले धुलिखेल लगायत समग्र काभ्रेका जनतामा उत्साह छाएको छ । स्थालमार्गबाट धुलिखेल पुग्ने पाहुनाहरुको स्वागतका लागि काभ्रेको साँगादेखि नै स्थानियबासीहरुले स्वतस्फुर्तरुपमा गाग्रीमा फुलका गच्छासहितका घडा राखेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धुलिखेल जान आफ्नै हेलिकोप्टर प्रयोग गर्नुभएको छ भने, अन्य सार्कका प्रमुखहरुले भने सरकारले व्यवस्था गरेको हेलिकोप्टरबाट धुलिखेल पुग्नुभएको हो ।
काभ्रेको धुलिखेलमा सार्कको पाहुनाको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । धुलिखेल र भक्तपुरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । सेनाले हवाइ गस्ती गरिरहेको छ । अरनिको र बीपी राजमार्गमा सवारीका साधन सन्चालनमा रोक लगाइएको छ ।
धुलिखेल हिडेका सार्क सदस्य राष्ट्र प्रमुख लगायतका भीभीआईपीहरु धुलिखेल रिट्रिटपछि दिउँसो २ बजे काठमाडौ फर्किएर सार्क सम्मेलन समापन कार्यक्रममा सहभागी हुने छन् । धुलिखेलमा सार्क राष्ट्रका विदेश सचिवहरु, विदेश मन्त्रीहरुका पनि उपस्थिती रहेको छ ।
स्वदेशी तथा विदेशी सन्चारकर्मीहरुलाई सार्कका विशिष्ट पाहुनाहरुले दिवाभोज गर्ने होटल भन्दा परै राखिएको छ । सन्चारकर्मीहरु अर्को एक छुट्टै होटलको छतमा बसेर समाचार संप्रेशण गरिरहेका छन् ।
अठारौं सार्क शिखर सम्मेलन समापन लगत्तै भारत र पाकिस्तानका प्रधानमन्त्री आजैै स्वदेश फर्किनुहुने जानकारी गराईएको छ ।
पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार प्रधानमन्त्री नवाज सरिफ आजै इस्लामावाद फकिर्ने भएका छन् ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आज राति नै भारत फर्किनुहुने भएको छ ।
स्वदेश फकिर्नुअघि दुबै प्रधानमन्त्री नेपालका राष्ट्रपति डा.रामवरण यादवले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुहुनेछ ।

धेरै पटक पढिएको