काभ्रेमा भोली सार्क राष्ट्र प्रमुखहरुको रिट्रिट, सुरक्षा व्यवस्था कडा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, November 26, 2014

काभ्रेमा भोली सार्क राष्ट्र प्रमुखहरुको रिट्रिट, सुरक्षा व्यवस्था कडा


अशोक महत, काभ्रे, मंसिर १०
१८ औँ सार्क शिखर सम्मेलनमा सहभागिता जनाउन नेपाल आएका आठ राष्ट्रका सरकार एवं राष्ट्रप्रमुखहरु रिट्रिटका लागि भोली मंसिर ११ गते विहान काभ्रे सदरमुकाम धुलिखेल पुग्ने भएका छन् ।
धुलिखेलस्थित
द्धारिका हिमालयन सांग्रिला होटलमा रिट्रिटका लागि सरकार एवं राष्ट्रप्रमुखहरु आउने भएपछि धुलिखेल आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विहान ८ बजेदेखि आठ राष्ट्रका प्रमुखहरुको स्वागतका लागि सम्पुर्ण तयारी भैसकेको प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरक्षाका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन अरनिको र बीपी राजमार्गमा चल्ने सवारीसाधन निजी विद्यालयका बस र टिपरलाई भोली ११ गते सञ्चालन नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।
साथै ट्रफिक प्रहरी प्रमुख दीपक खड्काले धुलिखेल र बनेपाका सडकमा व्यवस्थित पार्किङ गर्न विभिन्न स्थानमा व्यवस्था मिलाईएको जानका।ी दिनुभयो ।
 

धेरै पटक पढिएको