काभ्रेबाट बालबालिका इट्टाभट्टामा काम गर्न जान सुरु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, November 20, 2014

काभ्रेबाट बालबालिका इट्टाभट्टामा काम गर्न जान सुरु

धुलिखेल÷ हिउँद लागेसँगै काभ्रेबाट बालबालिका श्रमका लागि भक्तपुरमा रहेका इट्टाभट्टमा जाने क्रम सुरु भएको छ । विद्यालय छाडेर अविभावकसँगै हिडेका उनीहरु वर्षायाम सुरु भएपछि मात्रै घर फर्कने गर्छन् ।
जिल्लाको पाँचखाल नगरपालिका, महादेवटार, मेथिनकोट, सिसाखानी, मथुरापाटी फुलबारी, कुटुञ्चेबेसी, शिखरआम्बोटे, भिमखोरी, सिपाली चिलाउने लगायत गाविसबाट बढी बालबालिका श्रमका लागि इट्टाभट्टमा जाने गरेका छन् । भक्तपुरको ६४ वटा इट्टा भट्टामा काम गर्ने मध्ये ३० प्रतिशत बालबालिका काभ्रे जिल्लाको रहेको तथ्याङक छ ।
बालश्रम उत्पादन गर्ने जिल्लाको रुपमा समेत लिइने का
भ्रेबाट घरेलु श्रमिकका रुपमा पनि  एकहजार २८ जना बालबालिका काठमाण्डौ उपत्यकालगायतका मुख्य बजार क्षेत्रमा गरिरहेको सरकारी तथ्याङकहरुले देखाएका छन् ।

यसैबीच इट्टाभट्टामा काम गर्न जाने बालबालिकाको संख्या कम गराउन जिल्लाका २५ गाविसमा बाल संवेनशील सामाजिक सुरक्षा कार्यक्रम लागुभएको छ । सेभ द् चिल्ड्रेनको आर्थिक सहयोगमा सुरु भएको कार्यक्रमले छनौट भएका गाविसहरुमा पुगेर काम गरिरहेको जिल्ला बाल कल्याण समितिका अधिकृत जयराम मानन्धरले बताउनुभयो ।

धेरै पटक पढिएको