काभ्रेबाट विषादी विस्थापन गर्न आइपीएम प्रणालीमा जोड - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, November 20, 2014

काभ्रेबाट विषादी विस्थापन गर्न आइपीएम प्रणालीमा जोड

धुलिखेल÷ काभ्रेबाट रसायनिक विषादी विस्थापन गराउन कृषिमा एकीकृत शत्रु जीव ब्यवस्थापन (आइपीएम) प्रणाली लागु गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
सदरमुकाम धुलिखेलमा जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको रसायनिक विषदी न्यूनिकरण सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागिहरुले यस्तो भएका हुन् ।
जिल्लाका रसायनिक विषादी विक्रेता समेत सहभागि गोष्ठीमा प्रमूख जिल्ला अधिकारी केदार न्यौपानेले
आइपीएम प्रणालीबारे कृषकहरुलाई जानकारी दिन विक्रेतासँग आग्रह गर्नुभयो । उहाँले बाजेले तालिम लिएर नातिले विषादी बिक्रि गरीरहेको भेटिएको भन्दै यस्ता कमद आफुलाई कदापी मान्य नहुने बताउनुभयो ।
१६ देखि २० हप्ता लामो आइपीएम कृषक पाठशाला प्रशिक्षणबाट कृषकहरुले प्रयोगात्मक रुपमा आइपीएम तरीकाबाट तरकारी फलाउँदा पछिसम्म कृषकले ब्यवहारमा उतार्न सकिने जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमूख दिपक पौडेले बताउनुभयो ।
आइपीएम अन्तर्गत पिरो, टर्रो, अमिलो, तितो, कोक्याउने र चिलाउने वानस्पातिक गुण भएका बोट विरुवाको कलिलो पात र मुनालाई गाईभैसीको गहुँतमा पकाएर घरेलु विषादी बनाउन सकिन्छ ।

धेरै पटक पढिएको