दलहरुबीचमा अब धरै विबाद छैनः संचारमन्त्री रिजाल - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, November 14, 2014

दलहरुबीचमा अब धरै विबाद छैनः संचारमन्त्री रिजाल


शारदा उच्च माविका प्रधानाध्यापक रामहर केसी
मन्त्री रिजाललाई स्वागत गर्दै
अशोक महत, काभ्रे, कात्तिक,२८
सुचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले आफुहरु सबै दललाई समेटेर संविधान गर्ने पक्षमा रहेको बताउनुभएको छ ।

आज काभ्रेको पनौतीस्थित शारदा उच्च माविमा आयोजित सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण कार्यक्रममा मन्त्री रिजालले उक्त कुरा बताउनुभएको हो ।

   कार्यक्रममा मन्त्री रिजालले दलहरुबीचमा अब धरै विबाद बाकी नरहेको बताउदैे, कांग्रेस र एमालेले पनि फरक फरक विचार राखेर संविधानसभामा जाने हो भने जनता प्रतिको कर्तव्य विर्सेको ठहर्ने र आफुहरु सबै दललाई समेटेर संविधान बनाउने पक्षमा रहेको बताउनुभयो ।

मन्त्री रिजाल कम्प्युटर ल्यावको उद्घाटन गर्दै
   ए.माओवादी तर्फ संकेत गर्दै उहाँले, संविधान जनताको विचारले बन्ने उल्लेख गर्दै, संविधान नै मूल विषय मानेर नमिलेका कुरा मिलाएर आउन आग्रह गर्नुभयो।
साथै उहाँले अबको २ वर्षमा देशका गाउँ–गाउँलाई ईन्टरनेट सेवाको पुहँचमा पु¥याउने आफ्नो सोच रहेको र नीतिगत कार्यहरु सुरु भैसकेको बताउनुभयो ।

कार्यक्रममा आज ह्याण्ड नेपाल बेल्जियम नामक गैह« सरकारी संस्थाले काभ्रेका १० वटा सामुदायिक विद्यालयलाई १०÷१० थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
 ह्याण्ड नेपाल बेल्जियमका अध्यक्ष चिनियाँलाल दुवाललाई यस्तो कार्यको प्रशंसा गर्दै संचार मन्त्री रिजालले धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त संस्थाले यस अघि पनि काभ्रेको पार्वती उच्च माविलाई २० थान कम्प्युटर हस्तान्तरण गरिसकेको छ ।

धेरै पटक पढिएको