संविधान बनाउने विषयमा शंका नगर्न आग्रह : प्रधानमन्त्री - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, November 13, 2014

संविधान बनाउने विषयमा शंका नगर्न आग्रह : प्रधानमन्त्री


अशोक महत, धुलिखेल   
प्रधानमन्त्री सुशील कोईरालाले आगामी माघ ८ गते संविधान आउने बताउनुभएको छ । शनिबार काठमाडौँ विश्वविद्यालयको २०औँ दिक्षान्त समारोहमा कोईरालाले आफुहरु प्रजातन्त्रको मान्यता, मुल्य र आर्दशलाई मानेर आईसकेकोले प्रजातान्त्रिक संविधान बनाउने विषयमा शंका नगर्न आग्रह गर्दे संविधान समयमा नै आउने विश्वास दिलाउनुभयो ।
विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री सुशील कोईरालाले धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको २०औँ दिक्षान्त समारोहमा मेडिकल विधाका १ हजार ३७ जना स्नातक विद्यार्थीहरुलाई दिक्षित गराउनुभयो ।
कुलपति कोईरालाले मेडिकल विधाका पोष्ट ग्राजुएट, एमविविएस, बीडिएस र बिएस्सी नर्सिङका विद्यार्थीलाई दिक्षित गर्नुभएको हो ।
कोईरालाले शनिबार दिक्षित भएका चिकित्सा क्षेत्रका सबै विद्यार्थीहरुले आफूले आर्जन गरेको ज्ञान र सिपलाई सेवा भावले व्यवहारमा उर्तार्दै जनता, समाज र देशप्रति सर्मपण गर्ने विश्वास लिएको बताउनुभयो ।
  विश्वविद्यालयद्धारा संचालित चिकित्सा शिक्षामा अध्ययनरत विद्यर्थीद्धारा ग्रामिण भेगका घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने गरेकोमा आफु निकै हर्षित भएको बताउदै कुलपति कोईरालाले आगामी दिनमा योग्य स्वास्थ्य विज्ञहरुको विस्तारमा विद्यालय अग्रिम पंक्तिमा रहने विश्वास व्यक्त गर्दै सरकारबाट निरन्तर सहयोग गरिरहने बताउनुभयो ।
  विगत डेढ दशकदेखी मुलुकमा बौद्धिकताको पलायन भएको दर्दनाक विषय बनेको बताउँदै मुलुक भित्र र बाहिरबाट विषेशज्ञता हासिल गरेका चिकित्सक, ईन्जिनियरहरुलाई मुलुल भित्रै आकर्षित गर्नुपर्ने बेला आईसकेको उल्लेख गर्नुभयो ।
विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजू श्रेष्ठले दिक्षित विद्यार्थीहरुलाई बधाई दिदै आफ्नो समुदायको सर्वाङ्गीण विकासका लागि अमूल्य योगदान गर्न सक्षम भएको विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी विश्वविद्यालयका रजिस्टार डाक्टर भोला थापा तथा स्कुल अफ मेडिकल साईसेजका डीन डाक्टर नरेन्द्रबहादुर राणाले स्नातकहरुले लगनशिलताका साथ आफुहरुले प्राप्त गरेको ज्ञान र सीप देशको माटोलाई सुहाउदो गरी आ–ाअफ्नो कर्म क्षेत्रमा सदा सक्रिय रहनुहुनेछ भन्ने आशा राखेको बताउनुभयो ।
२०४८ सालमा स्थापना भएको विश्वविद्यालयबाट हालसम्म ८ हजार ३ सय ४३ जना विद्यार्थी दिक्षित भएका छन् ।

धेरै पटक पढिएको