काभ्रेमा नयाँ बालीको उत्पादन परीक्षण गर्न अध्ययन - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, November 06, 2014

काभ्रेमा नयाँ बालीको उत्पादन परीक्षण गर्न अध्ययन


धुलिखेल÷ काभ्रेपलाञ्चोक जिल्लामा नयाँनयाँ जातका खाद्यान्न तथा तरकारी बालीका उत्पादन प्रविधिसहित परीक्षण गर्न अध्ययन थालिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले खास गरी धान, मकै, गहुँ, आलुलगायतका जातको उत्पादन कृषककै खेतमा कृषककै वातावरणमा परीक्षण गर्न जिल्लाको सम्भाव्य क्षेत्रको अध्ययन भइरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का बाह्य अनुसन्धान महाशाखा प्रमुख डा दीपक भण्डारीले जानकारी दिनुभयो ।

उहाँले परीक्षण गरिएको जातको कुनै पनि बाली उपयुक्त भए मध्यपहाडी क्षेत्रका लागि कृषकलाई सिफारिस गरिने उल्लेख गर्दै सो क्षेत्रका लागि छनोट भएका छ जिल्लामध्ये काभ्रेपलाञ्चोक र काठमाडौँलाई छनोट गरेर अध्ययन भइरहेको बताउनु भयो ।
कृषि अनुसन्धान परिषद्ले काभ्रेपलाञ्चोकबाहेक, काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट र भक्तपुरमा उत्पादन परीक्षणको कार्यक्रम ल्याएको छ ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि अधिकृत दीपक पौडेलले जिल्लाको देउपुर र च्याम्राङबेसी गाविसलाई सम्भाव्य क्षेत्रका रुपमा हेरेको र सोमध्ये एउटा क्षेत्र छनोट हुने सम्भावना रहेको बताउनुभयो ।
नार्कको विभिन्न केन्द्रबाट उत्पादन सफल भएका विभिन्न बालीका उत्पादनलाई सोही अनुपातको मल, विषादी उपलब्ध गराएर परीक्षण गर्दा कृषकले कस्तो परिमाणको उत्पादन हासिल गर्न सक्छ भन्ने विषयलाई प्राथमिकता दिएर यस्तो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।

धेरै पटक पढिएको