बलात्कारपछि नाबालिकाको हत्या गर्ने बोगटी पक्राउ - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, August 22, 2014

बलात्कारपछि नाबालिकाको हत्या गर्ने बोगटी पक्राउ

अपराधी बोगटी

बनेपा /  नाबालिकाको बलात्कारपछि हत्या गर्ने उग्रतारा गाविस ७ का १८ बर्षीय रोशन बोगटीलाई प्रहरीले पक्राउ गरेको छ । ७ बर्षीय बालिकालाई बाघले जंगलतिर लगेको खबर पाएपछि खोजीमा खटिएको प्रहरीले स्थानीय धनेश्वर करुणडोल सामुदायिक वनको खोल्सामा फेला पारेको शवको अनुसन्धान गर्दा बलात्कारपछि हत्या भएको पत्ता लागेपछि बोगटीलाई पक्राउ गरिएको प्रहरी प्रमूख अरुण बिसीले बताउनुभयो ।
प्रहरीले बयानमा बोगटी आफैले बलात्कारपछि मारेको भनेर स्वीकार गरिसकेका छन् ।  मतृक नालिका बनेपाको ज्ञानज्योती एकेडेमीको कक्षा १ मा पढ्दै गरेकी थिइन् । साउन ३० गते हराएकी नाबालिकाको शव खोल्साको किनारमा ढुंगा र पत्करले छोपेको अवस्थामा प्रहरीले ३१ साउनमा फेला पारेको थियो ।
प्रहरीले ढुंगा र पत्कर पन्छाएर हेर्दा बालिकाको शव नांगै घोप्टो पारिएको अवस्थामा भेटाएको पत्रकार सम्मेलन मार्फत घटनाको जानकारी दिर्दै प्रहरी प्रमूख बिसीले बताउनुभयो । पक्राउ परेका बोगटी मृत्क नाबालिकाको काका नाता पर्छन् ।
बोगटीले साथीसँग मिलेर दिउँसै नाबालिकाको बलात्कार गरेको र राती ९ बजेमात्रै जंगलमा लगेको बताएका छन् । प्रहरीले बोगटी उपर कर्तब्य ज्यान मुद्दामा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिहेको छ ।

धेरै पटक पढिएको