काभ्रेको बनेपामा ९ हजार कन्याहरु पुजिए - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, August 22, 2014

काभ्रेको बनेपामा ९ हजार कन्याहरु पुजिए



बनेपा /  श्रीकृष्ण जन्माष्टमी दिन आईबार बनेपाका नेवारी समुदायहरुले कन्याहरुको पुजा गरी कन्या पूजा पर्व मनाएका छन् । बनेपाको लायकु, चण्डेश्वरी, चारदोबाटो, तीनदोबाटो लगायतका स्थानहरुमा भेला भएका कन्याहरुको श्रद्धाभक्ति पूर्वक पूजाआजा गरी विभिन्न परिकारको प्रसाद दिइने गरीन्छ । 

यो वर्ष बनेपामा मात्र ९ हजार कन्याहरु पुजिएका सनातन कन्या पूजा प्रवन्ध समितिले जनाएको छ ।

१ सय ११ वर्ष अघिदेखि नै पूजाआराधाना गरि कन्यापूजा गर्ने प्रचलन अनुरुप विभिन्न झाँकी सहित यो वर्ष पनि कन्या पूजा गरिएको हो । कन्याहरुलाई पूजा गरेमा कन्या पुज्नेहरु निरोगी हुने धार्मीक विस्वास रहिआएको छ । कन्या पूजा नेपालको काभ्रेमा मात्र मनाउने गरिन्छ । जिल्लाका बनेपा, पनौती, नाला, साँगा, धनेश्वरलगायतका ठाउँमा मनाईएको छ । 

बनेपामै भाद्र पञ्चमी शुक्रबारका दिन पनि कन्या पूजा गरिएको थियो । व्यवस्थापनमा विभिन्न विवाद र समस्या देखिएपछि बनेपामा माथिल्लो र तल्लो टोलले छुट्टा–छुट्टै तिथीमा कन्यको पूजा गर्दै आइरहेका छन् ।
शिशु देखी ८ वर्ष उमेर सम्म कन्याको पूजा गर्ने परम्परा रहेको छ ।  आजकै दिन बनेपामा रहेको कृष्णमन्दिरमा विशेष मेला समेत लागेको थियो । कन्या पूजामा लागि सिन्धुपाल्चोक, काठमाण्डौँ, भक्तपुर, दोलखा, रामेछाप, ललितपुरलगायतका ठाउबाट हजारौ दर्शनार्थीहरुबनेपा आईपुगेका थिए ।

धेरै पटक पढिएको