४४ हजार बोरा आलुको बीउ कोल्ड स्टोरभित्रै उम्रियो, कृषकद्धारा क्षतिपूर्तिको माग गर्दै प्रशासन घेराउ - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 07, 2014

४४ हजार बोरा आलुको बीउ कोल्ड स्टोरभित्रै उम्रियो, कृषकद्धारा क्षतिपूर्तिको माग गर्दै प्रशासन घेराउ

  अशोक महत, धुलिखेल
काभ्रेपलाञ्चोक जिलाको बनेपा नगरपालिका बुडोल–११ स्थित रातमाटेमा रहेको पाँचखाल कोल्ड स्टोरमा राखिएको ४४ हजार बोरा आलुको बीउ रोप्न नमिल्ने गरी बिग्रिएको छ । मंसिरमा रोप्न चैतमा उक्त कोल्ड स्टोरमा राखिएको आलुको बीउ रोप्नै नमिल्ने गरी कोल्ड स्टोरभित्रै उम्रिएको हो ।
कोल्ड स्टोरको लापरबाहिका कारण बीउ उम्रिएको भन्दै पाँचखाल, रविओपी, नाला र बनेपा क्षेत्रका किसानहरुले उचित क्षतिपूर्तिको माग गर्दै आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।
मंसिरमा रोप्नको लागि राखिएको आलु ४ महिना अगाडि नै कोल्ड स्टोरमा नै उम्रिएर बीउ नै बिग्रेपछि क्षतिपूर्तिको माग गरी कार्यालय घेराउ गरेको पिडित कृषकहरुले बताएका छन् ।
एमोनिया ग्याँस चुहिदा आलुको बीउ उम्रिएको कोल्ड स्टोर सञ्चालक बद्री श्रेष्ठले जानकारी दिनुभयो । कोल्ड स्टोरमा कृषकहरुले ४४ हजार बोरा बीउ बिग्रिएको बताए पनि श्रेष्ठले भने २१ हजार बोरा मात्र बिग्रिएको दाबी गर्नुभएको छ ।
व्यापक विरोध पछि कृषकको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा दुई पक्षिय वार्ता भएपनि वार्ता विना निश्कर्ष टुङ्गिएको छ ।
कृषकहरुले आफुहरुको कोल्ड स्टोरमा राखिएको आलुको साथै प्रतिबोरा २ हजार ५ सय र कोल्ड स्टोर शुल्क मिनाहा हुनुपर्ने माग राखेका छन् । उता, कृषकको मागअनुसार क्षतिको विवरण ११ करोड हुन आउने भएकोले स्टोरले त्यती धेरै क्षतिपूर्ति दिन नसक्ने श्रेष्ठले बताउनुभएको छ ।

धेरै पटक पढिएको