बलात्कारपछि नाबालिकाको हत्या गर्ने बोगटी पक्राउ - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, August 18, 2014

बलात्कारपछि नाबालिकाको हत्या गर्ने बोगटी पक्राउ

अशोक महत, भदौ २, काभ्रेपलाञ्चोक
नाबालिकाको बलात्कारपछि हत्या गर्ने उग्रतारा गाविस ७ का १८ बर्षीय रोशन बोगटीलाई प्रहरीले पक्राउ गरेको छ ।
७ बर्षीय बालिकालाई बाघले जंगलतिर लगेको खबर पाएपछि खोजीमा खटिएको प्रहरीले स्थानीय धनेश्वर करुणडोल सामुदायिक वनको खोल्सामा फेला पारेको शवको अनुसन्धान गर्दा बलात्कारपछि हत्या भएको पत्ता लागेपछि बोगटीलाई पक्राउ गरिएको प्रहरी प्रमूख अरुण बिसीले बताउनुभयो ।
    प्रहरीले बयानमा बोगटी आफैले बलात्कारपछि मारेको भनेर स्वीकार गरिसकेका छन् ।  मतृक नालिका बनेपाको ज्ञानज्योती एकेडेमीको कक्षा १ मा पढ्दै गरेकी थिइन् । साउन ३० गते हराएकी नाबालिकाको शव खोल्साको किनारमा ढुंगा र पत्करले छोपेको अवस्थामा प्रहरीले ३१ साउनमा फेला पारेको थियो ।

प्रहरीले ढुंगा र पत्कर पन्छाएर हेर्दा बालिकाको शव नांगै घोप्टो पारिएको अवस्थामा भेटाएको आज पत्रकार सम्मेलन मार्फत घटनाको जानकारी दिर्दै प्रहरी प्रमूख बिसीले बताउनुभयो ।
पक्राउ परेका बोगटी मृतक नाबालिकाको काका नाता पर्छन् । बोगटीले साथीसँग मिलेर दिउँसै नाबालिकाको बलात्कार गरेको र राती ९ बजेमात्रै जंगलमा लगेको बताएका छन् ।
प्रहरीले बोगटी उपर कर्तब्य ज्यान मुद्दामा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिहेको छ ।
यसैबीच  प्रहरीले साउन २३ मा जिल्लाको अति दुर्गम डाँडापारी क्षेत्रमा पर्ने गोकुले गाविस ४ की ७३ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा ४४ बार्षिय उत्तर घलानलाई पक्राउ गरेको छ ।

धेरै पटक पढिएको