अपडेटः सिन्धुपाल्चोकमा भिषण पहिरो, पहिरोमा पुरिएका ८ जनाको शव भेटियो, ४ जनाको जीवितै उद्दार - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, August 01, 2014

अपडेटः सिन्धुपाल्चोकमा भिषण पहिरो, पहिरोमा पुरिएका ८ जनाको शव भेटियो, ४ जनाको जीवितै उद्दार

सिन्धुपाल्चोक, साउन १७  / सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । उद्दार कार्यमा संलग्न सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहका अनुसार ८ जनाको शव फेला परेको छ । ४ जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परेका १६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको सिंहले बताए । उनीहरुको उपचारका लागि निजी विमानबाट अस्पताल लैजाने तयारी भइरहेको छ ।

अहिले उद्धारकाका लागि प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । बिहान साढे तीन बजे पहिरो गएपछि बाह्रबिसे नजिकै भोटेकोशी नदी थुनिएको हो । सिन्धुपाल्चोकको बाह्रविसेभन्दा केही तलको जूरे भन्ने ठाउँमा राम्चेको ढिस्को खसेर नदी थुनिएको स्थानीय प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् । नदी थुनिएर ठूलो ताल बनेको छ ।
पानी थुनिएकालेसुनकोशी नदी आसपासका बासिन्दामा त्रास बढेको छ । नदी किनारका हजारौं बासिन्दा अहिले सुरक्षित स्थानतर्फ सारिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहरा  बोहराले बताउनुभयो ।
उहाँले भोटेकोशी नदी आसपासका बासिन्दालाई डाँडा र उच्च ठाउँमा सुरक्षित रहन आग्रह गर्नुभयो । नदी थुनिएपछि हजारौं घरपरिवार जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ । ९० प्रतिशत पानी थुनिएको र १० प्रतिशत पानी मात्रै बगेको गृह मन्त्रालयो आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । नदी थुनिदा सिन्धुपाल्चोकको लामोसाँघु, खाडीचौर, बलेफी, सुकटे, काभ्रेको दोलालघाट, सर्स्यौखर्क, विर्ता देउरालीलगायतका सुनकोशी नदी किनाराका वस्ती जोखिममा परेका छन् । ती वस्तीका मानिसलाई नदी किनारभन्दा माथि जान प्रशासनले आग्रह गरेको छ ।


धेरै पटक पढिएको