दिउँसो र राति पनि भारी वर्षाको सम्भावना, सर्तक रहन मौसमविदको आग्रह - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 12, 2018

दिउँसो र राति पनि भारी वर्षाको सम्भावना, सर्तक रहन मौसमविदको आग्रह

साउन २८, काठमाडौँ ।  देशभरको मौसम आज बिहानैदेखि बदली भएको छ । दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले बताए ।

यस्तै पश्चिमका केही ठाउँमा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । आज रातिको मौसम पनि देशभर बदली हुने र पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा जलवास्पयुक्त वायु पनि पर्याप्त रहेकाले विशेष गरी दिनभर देशको मध्य र पूर्व क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

अहिले पनि काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा आज बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार आइतबार रातभरमा ६२.५ मिलिलिटर पानी परेको छ ।

देशका सबै क्षेत्रमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ । नदी, खोला तथा खहरेको आसपासका बस्ती र डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

धेरै पटक पढिएको