डाक्टरको लाइसेन्स परीक्षामा ५९५ जना फेल - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 12, 2018

डाक्टरको लाइसेन्स परीक्षामा ५९५ जना फेल

७८४ जना मध्ये परिक्षामा जम्मा १८९ मात्र पास
साउन २७,  काठमाडौं  । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षामा २४ प्रतिशत मात्र पास भएका छन्। 

७८४ जना एमबिबिएस पास गरेका चिकित्सकको लाइसेन्सको लागि लिएको परिक्षामा जम्मा १८९ ले मात्र लाइसेन्स परिक्षा पास गरेका काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले बताए। एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा यतिधेरै फेल भएको सम्भवत यो नै पहिलो हो। 

उनले भने ' शनिबारको परीक्षामा एमबीबीएसतर्फ ७७६ जनाले परीक्षा दिएकोमा १८९ जना मात्रै पास भएका छन्, हामीले लिएको परिक्षामा सबै भन्दा धेरै विद्यार्थी फेल हुने सम्मभवत यो पहिलो पटक होला।" यस्तै हिजै लिएको बिडिएस तर्फको परिक्षामा १२७ जनाले परीक्षा दिएको ७३ जना (५७.४८प्रतिशत) जना पास भएका छन्।

यसरी हेर्दा दुबै समूहामा पास हुने जम्मा २९ प्रतिशत रहेकको छ। तर एमबिबिएस लाइसेन्स परिक्षामा फेल हुने यो निकै कम हो। डा. शर्माका अनुसार चाइना,बंगलादेश र नेपालका केही मेडिकल कलेजाट एमबिबिएस गरेका बिद्यार्थीहरु धेरै लाइसेन्स परिक्षामा फेल भएका सबेत बताए। 

यस्तै हिजोको परिक्षामा फेल हुने धेरै विद्यार्थीपटक पटक लाइसेन्स परिक्षामा सहभागी भएर पनि पास नहुने विद्यार्थी रहेको समेत डा.शर्माले बताए। उनले भने 'हिजोको परिक्षा करीब पाचँ सय जति यसभन्दा अगाडि पनि परिक्षामा  सहभागी भएर पनि पास नभएका पुराना परीक्षार्थी थिए जसले गर्दा धेरै फेल भए।'  

यसभन्दा अगाडि पनि काउन्सिलले लिँदै आएको परिक्षामा धेरै विद्यार्थी फेल हुँदै आएका थिए। चिकित्सा अध्ययन उत्तीर्ण गरेको प्रमाणपत्र लिएर आएका विद्यार्थीहरु लाइसेन्स लिने बेलामा यति धेरै फेल हुनुले मेडिकल शिक्षाको गुणस्तरमा थप प्रश्न उब्जाएको छ।

धेरै पटक पढिएको