बानेश्वरमा प्रहरी र तरुण दलबीच झडप, अश्रुग्यास प्रहार, तरुण दल अध्यक्षसहित थुप्रै घाइते - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, July 21, 2018

बानेश्वरमा प्रहरी र तरुण दलबीच झडप, अश्रुग्यास प्रहार, तरुण दल अध्यक्षसहित थुप्रै घाइते

साउन ५, काठमाडौँ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 
डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका बेला तरुण दलको प्रदर्शन त्यहाँ पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भयो । 

डा. गोविन्द केसीको मागको पक्षमा माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ । प्रहरीले अश्रुग्यासका सेलहरु प्रदर्शनकारीतर्फ फ्याँकेको छ । 

डा. केसीका मागमा समर्थन जनाउँदै प्रदर्शनमा उत्रेका तरुण दलका कार्यकर्ताहरुमाथि प्रहरीले बल प्रदर्शन गर्दा नयाँ बानेश्वर क्षेत्र युद्धमैदानमा परिणत भएको छ। 

झडपमा थुप्रै प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। घाइते मध्ये ६ जनाको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा तरुण दल अध्यक्ष जितजङ्ग बस्नेत, केन्द्रीय सदस्य मुना भुसाल, तरुण दलका अर्का नेता विनोद महर्जन, कविर शर्मा, प्रहरी निरीक्षक खेम नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीको उपचार भइरहेको छ। 

अहिले पनि बानेश्वरमा स्थिति तनाबग्रस्त छ। प्रहरीले अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई हटाइरहेको छ । अहिले पनि प्रदर्शनकारी र प्रहरीबिच झडप भैरहेको छ ।

धेरै पटक पढिएको