डा. केसीको समर्थनमा माइतीघरको प्रदर्शनमा बाबुराम–रवीन्द्रदेखि मनिषा–करिश्मासम्म, देशदेखि-बिदेशसम्म - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, July 21, 2018

डा. केसीको समर्थनमा माइतीघरको प्रदर्शनमा बाबुराम–रवीन्द्रदेखि मनिषा–करिश्मासम्म, देशदेखि-बिदेशसम्म


साउन ५, काठमाडौँ । डा. गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवाले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

सरकारले माथेमा आयोगको सिफारिस अनुसार तयार गरिएको अध्यादेशलाई तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा. केसी अनशनमा छन् । जुम्लामा अनशन गर्दै आएका डा. केसीलाई सरकारले बिहीबार काठमाडौँ ल्याएको छ । 

डा. केसीले अहिले त्रिवि शिषण अस्पतालमा अनशन गरिरहेका छन् । उनको समर्थनमा कलाकार, नागरिक समाजका अगुवा तथा राजनीतिज्ञले माइतीघरमा प्रदर्शन गरेका हुन् ।आज माइतीघरमा भएको प्रदर्शनमा कलाकार मनिषा कोइराला, करिश्मा मानन्धरसहितका सहभागी भएका छन् । 

यस्तै नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, विवेकशिल साझा पार्टीका रवीन्द्र मिश्र, नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईसहितका सहभागी छन् । यस्तै विभिन्न क्षेत्रबाट सहभागीहरु प्रदर्शनमा आएका छन् । उनीहरुले डा. केसीको समर्थनमा नारा लगाएका छन् ।

यसैविच, डा. केसीको अनसनको समर्थन गर्दै आस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुले प्रदर्शन गर्ने भएका हुन् । 
उता,  डा.  केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पुरा गर्न माग गर्दै अमेरिकाको विभिन्न स्थान प्रदर्शन गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै केसीको समर्थनमा हस्ताक्षर अभियान सुरु गरेका छन् । तीनदिनबाट सुरु गरिएको हस्ताक्षर संकलनमा १५ हजार हस्ताक्षर संकलन भएको र एक लाख पुगेपछि राष्ट्रसंघलाई बुझाइने अभियानकर्ता शिवप्रकाशले बताए । 

सरकार केसीका मागप्रति गम्भिर नबनि क्रुर बन्दै गएकाले केसीको जीवन रक्षाको माग गर्दै मानव अधिकार उल्लंघनको आरोपमा नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा चार हजार उजुरी पठाइएको पनि शिवप्रकाशले बताए । 

धेरै पटक पढिएको