साउन १८, काठमाडौँ । नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले १-१ को बराबरी गरेको छ। दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार १ रनले विजयी भयो। दुई सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा सबै विकेट गुमाएर २१५ रन जोड्यो।
नेपालका सन्दीप लामिछानेले तीन, ललित भन्डारीले दुई तथा दीपेन्द्रसिंह एेरी,पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले पनि एक एक विकेट हात पारे। यसअघि पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो। नेपालले पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेको हो। नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित पनि हात पारेको हो। यसै शृंखलामार्फत एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल प्रवेश पनि गरेको हो।
दोस्रो खेलमा नेदरल्यान्ड्सका वेस्ली बारेस्सीले सर्वाधिक ७१ रन जोडे। नेदरल्यान्ड्सका ड्यानियल डे ब्राकले पनि ३९ रन जोडे। ब्राक र वेस्ली बारेस्सीबी तेस्रो विकेटका लागि ८४ रनको साझेदारी भएको थियो। ब्राकलाई आउट गर्दै सन्दीपले उक्त साझेदारी तोडेका थिए। सन्दीपले एकै ओभरमा दुई विकेट हात पारेका थिए। यसैगरी पार्ट टाइम बलर एेरीको बलमा बारेस्सी छैटौं विकेटका रुपमा आउट हुँदा नेदरल्यान्ड्सले एक सय ४३ रन जोडेको थियो।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए। सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।
फन माईबर्घलाई आउट गरे। माईबर्घ शुन्यमै आउट भए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए। सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे। रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।
नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। आरिफ शेख र पारसबीच छैटौं विकेटका लागि ४७ रनको साझेदारी भयो। आरिफ र सोमपालबीच आठौं विकेटका लागि २३ रनको साझेदारी भयो।
चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६ रन जोड्यो।
आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४५ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। ८८ रन जोड्दा पाँच विकेट गुमाएकाे नेपाललाई मध्यक्रम तथा सोमपालले सम्हाले।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको यो तेस्रो अर्धसतक हो । पारसले ६९ बलमा दुई छक्का र ६ चौका प्रहार गरे। यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धसतक बनाएका थिए।
सोमपाल र सन्दीप लामिछानेबीच नवौं विकेटका लागि ४१ रनको साझेदारी भयो। नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन तथा पिटर सिलार र माइकल रिप्पोनले दुई दुई विकेट हात पारे।
धेरै पटक पढिएको
-
कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती साउन २८ गते सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य टेली श्रृंखला ...
-
कपिल कोईराला काभ्रे, २१ मंसिर : इन्धन संकटका कारण व्यापारी सुन्तला किन्न नआएपछि काभ्रेका किसानहरु चिन्तामा परेका छन् । वार्षिक लाखौं रुपैय...
-
कात्तिक २७ , काठमाडौं । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। बहुराष्ट्र...
-
भदौ ८, कन्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन...


