साउन १८, काठमाडौँ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले दुई सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए। सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।
नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। आरिफ शेख र पारसबीच छैटौं विकेटका लागि ४७ रनको साझेदारी भयो। आरिफ र सोमपालबीच आठौं विकेटका लागि २३ रनको साझेदारी भयो।
चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६ रन जोड्यो।
आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४५ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। ८८ रन जोड्दा पाँच विकेट गुमाएकाे नेपाललाई मध्यक्रम तथा सोमपालले सम्हाले।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको यो तेस्रो अर्धसतक हो । पारसले ६९ बलमा दुई छक्का र ६ चौका प्रहार गरे। यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धसतक बनाएका थिए।
सोमपाल र सन्दीप लामिछानेबीच नवौं विकेटका लागि ४१ रनको साझेदारी भयो। ।
नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन तथा पिटर सिलार र माइकल रिप्पोनले दुई दुई विकेट हात पारे।
दुई खेलको शृंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।
धेरै पटक पढिएको
-
कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती साउन २८ गते सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य टेली श्रृंखला ...
-
कपिल कोईराला काभ्रे, २१ मंसिर : इन्धन संकटका कारण व्यापारी सुन्तला किन्न नआएपछि काभ्रेका किसानहरु चिन्तामा परेका छन् । वार्षिक लाखौं रुपैय...
-
कात्तिक २७ , काठमाडौं । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। बहुराष्ट्र...
-
भदौ ८, कन्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन...

