ट्युनिसियालाई ५–२ ले हराउँदै बेल्जियम नकआउट चरणमा प्रवेश - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 23, 2018

ट्युनिसियालाई ५–२ ले हराउँदै बेल्जियम नकआउट चरणमा प्रवेश

असार ९, काठमाडौँ । समूहको एक खेल बाँकी हुँदै बेल्जियम लगभग नकआउट चरणमा प्रवेश गरेको छ । समूहको दोस्रो खेलमा शनिबार ट्युनिसियालाई ५–२ गोलको फराकिलो अन्तरले हराउँदै बेल्जियमले नकआउट चरणमा आफूलाई सुरक्षित गरेको हो ।

यो समूहमा इङ्ल्याण्डको पनि अन्तिम १६ मा पर्ने संभावना बलियो छ । पहिलो खेलमा उसले ट्युनिसियालाई पराजित गर्दै ३ अंक बटुलेको छ । ट्युनिसिया समूहचरणबाटै बाहिरिने लगभग पक्का जस्तै छ । उसले अन्तिम खेल इङ्ल्याण्डसँग खेल्न बाँकी छ । इङ्ल्याण्डले दोश्रो खेलमा पानामासँग आइतबार खेल्दै छ ।

आइतबारको खेलमा जित निकालेमा इङ्ल्याण्ड पनि एक खेल अघिनै अन्तिम १६ मा पुग्ने छ । समूहको अन्तिम खेलमा ट्युनिसिया र पानामा तथा बेल्जियम र इङ्ल्याण्ड भिड्ने छन् ।
बेल्जियमले शनिबार महत्वपूर्ण जीत दिलाउने क्रममा इडन हाजार्ड र रोमेलु लुकाकुले २/२ गोल गरे भने मिची बात्स्वीले १ गोल गरे ।  खेलको १६ औं मिनेटमै २–० को अग्रता बनाएको बेल्जियमले पहिलो हाफको अन्तिममा लुकाकुको गोलमा ३–१ को स्थितिमा पुर्‍यायो ।

११ औं मिनेटमा इडन हाजार्डले पेनाल्टि मार्फत गोल गर्दै अग्रता दिएका थिए । त्यसको ५ मिनेट पछि लुकाकुले अग्रता दोब्बर पारे । तर १८ औं मिनेटमा ट्युनिसियाले अग्रता घटायो । ट्युनिसियाका लागि डिलान ब्रोनले गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । लुकाकुको यो गोलले बेल्जियमलाई मात्रै मजवुद अवस्थामा पुर्‍याएन लुकाकुले पनि सर्वाधिक गोलकर्ताको सुचीमा रोनाल्डोसँग बराबरी गरे ।

दोश्रो हाफको सुरुमै फेरि बेल्जियमले २ गोल थप्यो । कप्तान हाजार्डले ५१ औं मिनेटमा गोल गरेका हुन् ।मिची बात्स्वीले ९० औं मिनेटमा १ गोल गरे । मिची बात्स्वीले ९० औं मिनेटमा १ गोल गरे । ट्युनिसियाका लागि अतिरिक्त समयको तेश्रो मिनेटमा हवि खज्रिले गोल गर्दै ५–२ को अवस्थामा पुर्‍याए ।

पहिलो खेलमा पानामालाई ३–० ले पराजित गरेको दोस्रो खेलमा पनि त्यति नै गोल अन्तरले हरायो । 

धेरै पटक पढिएको