एसईईको ग्रेड सुधार(मौका) परीक्षा साउन २३ गतेदेखि - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 23, 2018

एसईईको ग्रेड सुधार(मौका) परीक्षा साउन २३ गतेदेखि

असार १०, भक्तपुर ।  शनिबार सार्वजनिक भएको एसइइ परीक्षाको ग्रेस सुधार अर्थात मौका परीक्षा साउन २३ गतेबाट हुने भएको छ ।

ग्रेडिङ प्रणालीअनुसार भएको परीक्षामा सी, डि प्लस, डि, र इ ग्रेड ल्याउने विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीका अनुसार विद्यार्थीले चाहेको कुनै पनि विषय र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थिति भएको वा दुई विषयसम्म ग्रेस नखुलेका विद्यार्थी मौका परीक्षामा सहभागी हुन सक्नेछन् ।

गएको चैत ८ गतेदेखि २० गतेसम्म परीक्षा भएको थियो । परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमित साधारण धारतर्फ ४ लाख ५१ हजार ५ सय ३२ थिए ।

जसमध्ये १४ हजार २ सय ३४ जनाले ए प्लस ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) प्राप्त गरेका छन् । प्राविधिक धारतर्फ सहभागी भएका आठ हजार ९ सय ६ विद्यार्थीमध्ये पा“च सय ३८ जनाले ए प्लस ल्याएका छन्।

नियमिततर्फ ए ल्याउने ४६ हजार १ सय ३० जना छन् । बि प्लस ४९ हजार ३७ जना, बि ७० हजार ५ सय १२ जना, सी प्लस ल्याउने ६१ हजार ८ सय ७० छन् । सी ल्याउने एक लाख १० हजार ४३, डि प्लस ३५ हजार ५ सय ८५, डि ग्रेड ल्याउने ५८ हजार ६ सय ८८ छन् ।

त्यस्तै एक्जाम्टेड साधारण धारतर्फ सहभागी भएका २५ हजार एक सय ३८ मध्ये ए दुई जनाले, बि प्लस १९ जनाले, बि एक सय ७७ जनाले, सी प्लस ७ सय २ जनाले ल्याएका छन् । त्यसै गरी सी पाँच हजार आठ सय ९५, डि प्लस ६ हजार पा“च सय २७ र डि तीन हजार एक सय ८ जना विद्यार्थीले ल्याएका छन् ।

धेरै पटक पढिएको