मोहम्मद सलाहबिना नै उत्रियो उरुग्वेविरुद्ध इजिप्ट - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, June 15, 2018

मोहम्मद सलाहबिना नै उत्रियो उरुग्वेविरुद्ध इजिप्ट

असार १, २०७५। एजेन्सी विश्वकप फुटबल २०१८ को अाफ्नाे पहिलो खेलमा इजिप्ट स्टार खेलाडी मोहम्मद सलाहबिना नै उत्रिएको छ ।

लिभरपुलका खेलाडी सलाह च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडका कप्तान सर्जियो रामोससँग ठोक्किँदा घाइते भएका थिए । त्यसयता नै उनी विश्वकपमा खेल्ने नखेल्ने विषयमा आशंका रहँदै आएको थियो ।

तर बिहीबार इजिप्टका प्रशिक्षक हेक्टर कुपरले सलाह शत प्रतिशत फिट भएको र उरुग्वेविरुद्धको खेलमा उत्रने बताएका थिए । तर सलाह आजको खेलमा सुरुवाति ११ मा पर्न सकेका छैनन् । उनी अझै पनि पूर्ण रुपमा निको नभएको र टिमको मनोबल बढाउनकै लागि भए पनि बेञ्चमा बसेको बताइएको छ ।

खेलको पहिलो हाफ चलिरहँदा कुनै पनि टिमबाट गोल हुन सकेको छैन । उरुग्वेका स्टार खेलाडी लुइस स्वारेज र काभानीलेसुनौलो मौका पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । 

धेरै पटक पढिएको