अन्तिम मिनेटमा नाटकीय गोल गर्दै उरुग्वेको विजयी सुरुवात - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, June 15, 2018

अन्तिम मिनेटमा नाटकीय गोल गर्दै उरुग्वेको विजयी सुरुवात

असार १, एजेन्सी ।  विश्वकप २०१८ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । समूह एमा रहेको उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले हराएको हो । 

उरुग्वेका लागि खेलको ८९ औँ मिनेटमा कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत सुन्दर गरेका हुन् । उरुग्वेले थुप्रै पटक गोल गर्ने अवसर सिर्जना गरे पनि इजिप्टका रक्षक बाधक बनेका थिए। इजिप्टले सम्हालिएकाे खेल खेले पनि अन्तिममा गाेल खान पुगेकाे थियाे । 
बार्सिलाेना स्टार स्वारेजले थुप्रै माैका पाए पनि गाेल गर्न चुकेका थिए । तर एथलेटिकाे मड्रिड स्टार गिमिनेजले गाेल गर्दै उरुग्वेकाे जित सुनिश्चित गरे ।

खेलको ७३ औँ मिनेटमा स्टार खेलाडी लुइस स्वारेजले गोल गर्ने सुनौलो अवसर गुमाएका थिए । इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह भने चोटका कारण आजको खेलमा बेञ्चमै बसेका थिए । 

समूह एमा आयोजक राष्ट्र रुस ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने उरुग्वे समान अंकका साथ दोस्रो स्थानमा रहेको छ । रुसले बिहीबारको उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूहका विजेता र उपविजेता टोली अर्को चरणमा पुग्नेछन् । 

धेरै पटक पढिएको