यो वर्षदेखि पुरुषले पनि नर्सिङ पढ्न पाउने, १५ प्रतिशत कोटा छुट्याइयो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 24, 2018

यो वर्षदेखि पुरुषले पनि नर्सिङ पढ्न पाउने, १५ प्रतिशत कोटा छुट्याइयो

असार १०, काठमाडौँ । नर्स भन्नेबित्तिकै आम-नेपालीको दिमागमा एप्रोन लगाएर अस्पतालमा खटिएकी युवती वा महिलाको तस्विर आउँछ। हुन पनि नेपालमा नर्सहरु महिला नै छन्। तर, अब यो परिचय फेरिने भएको छ।

नेपाल नर्सिङ काउन्सिलले यो शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषहरुलाई पनि अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ। काउन्सिलले शैक्षिक सत्र २०७५/७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको छ। 

काउन्सिलको असार ५ गतेको बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलले उक्त निर्णय कार्यान्वयमा ल्याउन सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई जानकारी गराइसकेको छ।

नर्सहरुको छाता संस्था नेपाल नर्सिङ संघले पनि नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै आएको थियो। स्वास्थ्य मन्त्रालयले केही समय अगाडि गठन गरेको नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले पनि नर्सिङ अध्ययनमा पुरुषलाई अवसर दिनुपर्ने सुझाब दिएको थियो। 

काउन्सिलको यो निर्णयसँगै अव नर्सिङ कलेजहरुले कुल विद्यार्थी भर्नामध्ये कम्तिमा १५ प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन्। सरकारी तथ्यांक अनुसार हाल नेपालमा वार्षिक एक सय २५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेको छ। यो कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ११ सय ५५ जना पुरुष नर्स उत्पादन हुनेछन्।

धेरै पटक पढिएको