धुर्मुस-सुन्तलीले वीर अस्पतालको फेरिदिए काँचुली, (फोटो/भिडियो) - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 24, 2018

धुर्मुस-सुन्तलीले वीर अस्पतालको फेरिदिए काँचुली, (फोटो/भिडियो)

असार १०, काठमाडौं । रंग खुइलिएर पुरानो देखिने नेपालकै जेठो अस्पतालमध्येको वीर अस्पतालले नयाँ काँचुली फेरेको छ। 

वीर अस्पतालले नयाँ स्वरुप पाएको छ। बाहिर र भित्र दुवैतिरबाट हेर्दा वीर अस्पताल नयाँ देखिएको छ। नाम नै खुइलिइसकेको वीर अस्पतालको नाम प्रष्ट देखिने भएको छ। दुर्गन्धीत लाग्ने अस्पतालका भित्ताले वर्षौंपछि नयाँ रंग पाएका छन्। 
कसरी गरिएको थियो वीर अस्पतालको सरसफाइ हेर्नुहोस् भिडियोमा 

यसरी पुरानो बनाइएको वीर अस्पताललाई नयाँ स्वरुप दिने काम गरेका हुन् कलाकार एवं समाजसेवी जोडी धुर्मुस-सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडिले। उनीहरूले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सरसफाइ र रंगरोगनको गरेका हुन्। 
उक्त अभियानमा धुर्मुस–सुन्तली फाउण्डेशनका अलवा बाग्मती सरसफाइ अभियान, सामाजिक सञ्जाल दाह्री ग्याङ समूहलगायतको पनि सहभागिता रहेको बताइएको छ।



फोटो : नवीन पौडेल/ रासस

धेरै पटक पढिएको