रोनाल्डोको गोलमा पोर्चुगल विजयी, मोरक्को फेरि निराश - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, June 20, 2018

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, मोरक्को फेरि निराश

असार ६ , काठमाडौं । विश्वकपमा समूह चरणको पहिलो खेलमा स्पेनमाथि ३-३ को बराबरी गरेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १-० ले हराएको छ ।

समूह ‘बी’ को पहिलो खेलमा हृयाटि्रक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे। उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् ।

अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।

पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ । पोर्चुगलको अघिल्लो चरणमा जाने सम्भावना बलियो बनेको छ । खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन ।

खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए ।

इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय आˆनो नियन्त्रण राखेर हार भोगेको थियो । राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी देखियो ।

धेरै पटक पढिएको