असार १६, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको नक आउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।
राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा आज वेलुकी अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे सुरु हुनेछ ।
अर्जेन्टिना समुह डि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो भने फ्रान्स समुह सि को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।
दुई पटकको विश्व विजेता अर्जेन्टिना तथा एक पटकको च्याम्पियन फ्रान्सविचको यो खेल निकै रोचक हुने अनुमान छ ।
अर्जेन्टिना र फ्रान्सबीच अलिहेसम्म ११ खेल भएका छन् । जसमा अर्जेन्टिना ६ पटक विजयी हुँदा फ्रान्सले ३ खेल जितेको छ । बाँकी २ खेल बराबरीमा सकिएका छन् ।
आजै राती पौने १२ वजे उरुग्वे र पोर्चुगल भिड्नेछन् । उरुग्वे समुह ए को विजेताको रुपमा तथा पोर्चुगल समुह बि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।
समुहका सबै तीन खेल जितेको उरुग्वेले एक गोल पनि खाएको छैन भने ५ गोल गरेको छ । दुई पटक विश्वकप जितेको उरुग्वेले १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
उता, पोर्चुगल पनि साविक युरोपियन च्याम्पियन हो । समुहको पहिलो खेलमा स्पेनसँग ३-३ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १-० ले हराएको थियो ।
तेस्रो तथा अन्तिम खेलमा ईरानसँग १-१ गोलको बराबरी खेल्दै पोर्चुगल नक आउट चरणमा पुगेको हो ।
पोर्चुगलले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जित्न सकेको छैन ।
उरुग्वे र पोर्चुगलले अहिलेसम्म दुई पटक भिडेका छन् । जसमा पोर्चुगल एक पटक विजयी भएको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।
धेरै पटक पढिएको
-
कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती साउन २८ गते सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य टेली श्रृंखला ...
-
कपिल कोईराला काभ्रे, २१ मंसिर : इन्धन संकटका कारण व्यापारी सुन्तला किन्न नआएपछि काभ्रेका किसानहरु चिन्तामा परेका छन् । वार्षिक लाखौं रुपैय...
-
कात्तिक २७ , काठमाडौं । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। बहुराष्ट्र...
-
भदौ ८, कन्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन...

