नाइजेरियामा किसान र गोठाला समुदायबिच झडप, ८६ जनाको मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 24, 2018

नाइजेरियामा किसान र गोठाला समुदायबिच झडप, ८६ जनाको मृत्यु


असार १०, २०७५ । नाइजेरियामा किसान र गाईवस्तु चराउने गोठालाबिच झडप हुँदा कम्तिमा ८६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य क्षेत्रका हिंसा भड्किएको प्लाटेएउ राज्यको प्रहरीले जनाएको छ ।

किसान र गाईवस्तु चराउने गोठाला समुदायबिच गएको बिहीबारदेखि हिंसा भड्किएको हो । सुरुमा बेरोम किसान समुदाय र फुलानी गोठाला समुदायबिच हिंसा सुरु भएको हो । त्यसपछि शनिबार हिंसाले उग्र रुप लिएको हो ।

यो क्षेत्रमा दशकौँदेखि जमिनको स्वामित्वलाई लिएर जातीय समुदायबिच झडप हुने गरेको छ । हिंसापछि सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लागु गरेको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घटनामा ५० वटा घर जलाइएका छन् । यस्तै १५ मोटरसाइकल र दुई वटा गाडी पनि घटनाको क्रममा जलेको प्रहरीले जनाएको छ ।

धेरै पटक पढिएको