असार ११, काभ्रे । काभ्रेको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ ।
देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको निशास मिनीट्रक पल्टिँदा धुलिखेल १, देवीटारकी ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपातर्फ तरकारी लिएर आउँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ट्रकमा आगोसमेत लागेको थियो। दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।
सो दुर्घटनामा गाडी चालकसहित ६ जना घाइते भएकामा सबैको उक्तअस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भयानक भए पनि धेरै मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले बताएको छ ।
गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट करीब ६÷७ मिनेटको दूरीमा रहेको घटनास्थल एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएकमा थिए ।
दुर्घटनामा घाइते हुनेहरुमा ११ वर्षिय देवीटारका सुजन लामा, देवीटारकै ठुलीमाया तामाङ, पनौतीका सानुकान्छा तामाङ, देवीटारकी ज्ञानीमाया तामाङ, देवीटारका धनमान तामाङ र फलामेटारका मानबहादुर गोले रहेका छन् ।
घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।