कपिल कोइरालाकाभ्रे, मंसिर २३ - कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले सञ्चालन गरेको ‘धुर्मुस सुन्तली सरसफाई अभियान’ अन्तर्गत बुधबार काभ्रेमा सरसफाई गरियो । २०१७ सम्म सरसफाई दुत नियुक्त भएका कलाकार धुर्मुस र सुन्तलीले काभ्रेका विभिन्न ठाउँमा पुगेर सरसफाई गरेका छन् । काभ्रेको सदरमुकाम धुलिखेल, बनेपा नगरपालिका, महादेवस्थानको दनुवार गाँउ र कुशादेवी उच्च माविमा सरसफाई सँगै जन्मदर्ता बारे जनचेतना जगाएका थिए ।
उनिहरुले दनुवार बस्तीमा रहेको डेडीथुम्का उच्च मावि प्राङ्गण, सँगै रहेको दनुवार बस्ती पुरै सरसफाई गरेका थिए । ‘क्लिन नेपाल २०१६’ अभियान लिएर हिडेका उनिहरुले एक दिनको सरसफाई भन्दा पनि आगामी दिनमा दिमागी सरसफाईको रुपमा अगाडी बढेको बताए ।
कलाकार सिताराम कट्टेल धुर्मुसले फोहोर गर्न लाज नहुनेहरु फोहोर सोहर्न लाज मानेका कारण सरसफाईमा समस्या भएको बताउनुहुन्छ । उहाँले राजनीतिक दलले पनि भाषण मात्र गरेको र नचाहिने कुरामा आन्दोलन मात्र गरिरहेको बताउँदै आफ्ना मागमा आन्दोलन गर्ने भन्दा पनि सबैको लागि फाइदा हुने सरसफाई आन्दोलन गर्नुुपर्ने बताउनुभयो ।काभ्रेलाई सन २०१५ भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान भएपनि भूकम्प पछि २०१६ सम्ममा खुल्ला दिशा मुक्त जिल्ला बनाउने अभियानमा सरोकारवाला संघसस्था लागेको छ ।
रामेछापबाट सरसफाई अभियानमा लागेकोे ‘धुर्मुस सुन्तली’ जोडि सिन्धुपाल्चोक हुँदै काभ्रेमा आएको हो । सरसफाई अभियानमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नाङशाल एसोशिएसन नेपाल, एड्रा नेपाल, सेभ द चिल्ड्रेन लगायत संघसंस्थाले सहयोग गरेका थिए ।
for more : click here
