कोरियन भाषा परिक्षा भोलीदेखि शुरु, यस वर्षको सुरक्षा व्यवस्था कडा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, September 18, 2015

कोरियन भाषा परिक्षा भोलीदेखि शुरु, यस वर्षको सुरक्षा व्यवस्था कडा

असोज १ गते २०७२ 
असोज ३ मा संविधान जारी गर्न सार्वजनिक विदा भएपनि कोरियन भाषा परिक्षा भने तोकिएकै समयमा हुने भएको छ ।
इपिएस शाखाले कोरियन भाषा परिक्षा असोज २ र ३ मा गर्ने गरि पहिले देखि नै तयारी गरिसकिएकोले सार्वजनिक विदाको दिन पनि कोरियन भाषा परीक्षा नरोकिने कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए । ‘नेपालको संविधान २०७२’ जारी गर्ने भन्दै ३ र ४  गते सरकारले सार्वाजनिक विदा दिने घोषणा गरेको छ ।
इपिएस शाखाले परीक्षाका लागि कोरियाबाट ५२ जनाको टोली नेपाल आइसकेको जानकारी गराएको छ । यस वर्ष उपत्यकाका साथै पोखरामा पनि परीक्षा हुने छ । उपत्यकामा १५ र पोखरामा ३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालन गर्न ५ जनाको टोली पोखरा गईसकेको बास्तोलाले बताए ।

कोरिया शाखाले खोलेको आवेदनमा ५१ हजार एक सय ३७ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ७ हजार १ सय सय जनाको नाम रोष्टरमा जाने छ । यो वर्षका लागि चार हजार नौ सय जना उत्पादन मुलक क्षेत्रमा र दुई हजार दुई सय जना कृषि तथा पशुपालन क्षेत्रमा जाने छन् ।

कोरिया शाखाले परीक्षामा खेताला परीक्षार्थी आउने गरेको भन्दै यस वर्षको सुरक्षा व्यवस्था कडा पारीएको बास्तोलाले जानकारी गराए । उनले भने,‘अघिल्लो वर्ष ८२ जना खेताला परीक्षार्थीलाई नियन्त्रणमा लिएका थियौँ ।
यस वर्ष खेताला रोक्न लागि हरेक परीक्षार्थीलाई ३ पटक सम्म चेक गर्ने ब्यवस्था गरेको इपिएस शाखाले जनाएको छ ।  २० असोजमा परीक्षाफल प्रकाशित गर्ने र त्यसपछि स्वास्थ्य परिक्षण गरिने छ । स्वास्थ्य परिक्षण पछि स्किल टेष्ट हुने छ ।

धेरै पटक पढिएको