बनेपाको काभ्रे स्वीट्सका सञ्चालकले बाहिर मिठाई राखेर भित्र यौनधन्दा चलाएपछि... - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, September 10, 2015

बनेपाको काभ्रे स्वीट्सका सञ्चालकले बाहिर मिठाई राखेर भित्र यौनधन्दा चलाएपछि...

काभ्रे, २४ भदौ : mechikali.com
मिठाई पसलमा यौन धन्दा सञ्चालन गरेको भन्दै प्रहरीले बनेपाका होटल सञ्चालकसहित एक जोडीलाई पक्राउ गरेको छ ।
बनेपाको चारदोबाटोमा रहेको काभ्रे स्विट्स एण्ड मिठाई भण्डार बनेपामा मिठाई पसल सञ्चालनको साथै यौनधन्दा सञ्चालन भईरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय बनेपाले मंगलबार राति पसलको छड्के जाँच गरेको थियो ।

 छड्के जाँचको क्रममा पसलमा यौनधन्दा सञ्चालन भएको पाइएको थियो । मिठाई पसलमा यौनधन्दा सञ्चालन भएको पाएपछि प्रहरीले मिठाई पसल सञ्चालक बिनोद गुप्ता सहित एक जोडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गुप्ताले लामो समयदेखि  पसलमा बाहिर मिठाई पसल भनेर बोर्ड राखिए पनि भित्र भने यौन प्यास मेटाउन आउने जोडिलाई लक्षित गर्दै गोप्य रुपमा कोठा उपलब्ध गरउँदै यौनधन्दा गर्नको लागि कोठा उपलब्ध गराउँदै आएको उजुरी परेको थियो ।

यौनधन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका मिठाई पसल सञ्चालक गुप्तालाईसार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनलाई हिजो जिल्ला प्रशासन कार्यालय काभ्रेबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।

धेरै पटक पढिएको