काभ्रेमा पनि भव्य दीपावलीसहित संविधानको स्वागत गरिने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, September 19, 2015

काभ्रेमा पनि भव्य दीपावलीसहित संविधानको स्वागत गरिने

काभ्रे, २ असोज : mechikali.com
वर्षौको प्रतिक्षापछि जनताको चाहना अनुसार संविधान निर्माण भएर घोषणा हुने भएपछि काभ्रेमा पनि दिपावली गरेर नयाँ संविधानको स्वागत गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाँईको सभापतित्वमा आज सभासद्, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीसहित बसेको सरोकारवालाको बैठकले संविधान जारी भएको खुसीयालीमा आईतबार साँझ र सोमबार जिल्लामा दिपावली गरि खुसीयाली मनाउने निर्णय गरेको हो ।

 बैठकले दिपावलीको बारेमा काभ्रेमा रहेका सञ्चारमाध्यमले प्रचार प्रसार गर्ने, आईतबार साँझ ६ बजे धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा धुलिखेलको बनेपा–बर्दिवास जाने चोकमा दिपावली गर्ने निर्णय गरेको काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । यसैगरि बैठकले असोज ४ गते सोमबार काभ्रे उद्योग वाणिज्य संघको ब्यवस्थापनमा दिउँसो २ बजेबाट बनेपामा सांस्कृतिक कार्यक्रम गर्दै संविधान जारी भएको खुसीयाली मनाउने समेत निर्णय गरेको छ ।

संविधान जारी भएको खुसीयाली मनाउनका लागि निमित्त प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्, सबै राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य संघ, पेशाकर्मी सहभागि रहेको मूल समिति गठन समेत गरिएको छ ।

बैठकले असोज ३ गते सबै गाविस, नगरपालिका तथा सरकारी कार्यालयमा समेत दिपावली गर्ने कार्यक्रम तय गरिएको छ । आजको बैठकमा सभासद् रामहरि सुवेदी, कञ्चनचन्द्र बादे, काँग्रेसका जिल्ला सचिव शंखबुद्ध लामा, एमाले जिल्ला सचिव अशोक ब्याञ्ज्, एमाओवादीका जिल्ला संयोजक दिनानाथ गौतम, राप्रपा नेपालका जिल्ला सचिव राजेन्द्र केसी, जिल्ला प्रहरी प्रमुख एसपी पुजा सिंहलगायतका विभिन्न कार्यालय तथा संघसंस्थाका प्रतिनिधि सहभागि थिए ।

धेरै पटक पढिएको