धुलिखेल नगरपालिकामा काभ्रे गाविस समाहित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, September 19, 2015

धुलिखेल नगरपालिकामा काभ्रे गाविस समाहित

काभ्रे, २ असोज :  mechikali.com
२०४३ सालमा नगरपालिका घोषणा भएको धुलिखेलमा छिमेकी गाविस काभ्रे नित्य चण्डेश्वरी थपिएको छ । नयाँ नगरपालिका घोषणा गर्ने सरकारको नीतिसँगै मन्त्रीपरिषद्को बैठकले काभ्रेको सदरमुकाममा रहेको धुलिखेल नगरपालिकालाई विस्तारीत गर्दै काभ्रे गाविसलाई नगरपालिकामा समाहित गरेको हो । योसँगै काभ्रे जिल्लामा पाँचवटा नगरपालिका र ७६ गाविसबाट घटेर ७५ गाविस भएका छन् ।

 काभ्रेमा धुलिखेलसहित बनेपा, पनौती, पाँचखाल, काशिखण्ड नगरपालिका रहेका छन् ।  २०४३ सालमा नगरपालिका घोषणा सँगै १० हजार १ सय १२ जनसंख्या रहेको धुलिखेलमा अहिले काभ्रे गाविस गाभिएसँगै २०६८ को जनगणना अनुसार १९ हजार २ सय १० पुगेको छ । ९ वटा वडा रहेको धुलिखेल नगरपालिकामा अब १३ वटा वडा कायम हुने भएको छ ।
जिल्ला सदरमुकामसमेत रहेको धुलिखेल नगरपालिकामा मुलुककै उत्कृष्ट शैक्षिक गन्तव्य काठमाडौँ विश्वविद्यालय रहेको छ भने नमुना धुलिखेलको सामुदायिक अस्पतालसमेत रहेको छ ।

 यस्तै नगरपालिकामा पछिल्लो समय होटल तथा रेष्टुरेण्टहरुको संख्या बढेको छ । पर्यटकिय नगर धुलिखेलमा नेपालकै नमुना खानेपानी आयोजनासमेत सञ्चालनमा रहेको छ ।
 धुलिखेल नगरपालिकाका पुर्व उप्रमुख एवं नेपाल नगरपालिका संघका उपाध्यक्ष अशोक ब्याञ्जुले नगरपालिका विस्तारसँगै नगरको थप विकास हुने बताए । उनले सरकारको यो निर्णयले नगरबासिहरुमा खुशी छाएको जानकारीसमेत दिएका छन् । 

धेरै पटक पढिएको