विनितालाई तेक्वान्दोमा स्वर्ण पदक - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, September 19, 2015

विनितालाई तेक्वान्दोमा स्वर्ण पदक

 काभ्रे २०७२ आस्विन ३ आईतवार
विनिता तामाङले दोस्रो माउन्ट एभरेस्ट खुला अन्तर्राष्ट्रिय आमन्त्रण गुडविल च्याम्पियनसिप तेक्वान्दोमा स्वर्ण पदक जितेकी छिन्। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा काभ्रेको धुलिखेलमा शनिबार आयोजना भएको प्रतियोगिताका ४०-४५ केजी तौल समूहमा विनिताले स्वर्ण पदक जितेकी हुन्।
 उनले फाइनलमा ससमिनी बस्नेतलाई हराइएकी थिइन्। महिलातर्फकै ३०-३५ केजी तौल समूहमा सालिना लामा, ४५-५० केजीमा ट्विंकल बमले र खुला कलर बेल प्याट्रनमा ससमिनी बस्नेतले स्वर्ण पदक जिते।

तेक्वान्दो आइटिएफ नेपालको आयोजनामा भएको एकदिने प्रतियोगितामा पुरुष ५०-५५ केजीमा प्रतिक प्रजापति, ५०-५५ केजीकै फस्ट गपमा किरण दानी, जुनियर ५५-६० केजीमा बादल गौतम विजयी भए।

त्यस्तै पुरुष ६०-६५ केजीमा कुशेश्वर यादव स्वर्ण पदक जित्न सफल भए। पुरुष २०-२५ केजीमा परिवर्तन केसी, २५-३० केजीमा नरेन्द्रनाथ योगी, ३०-३५ केजीमा मुकेश सितिखु, ३५-४० केजीमा विवके श्रेष्ठ, ४०-४५ केजीमा निरज काफ्ले र ४५-५० केजीमा सामुयल लिम्बुले पहिलो स्थान प्राप्त गरे।

त्यस्तै खुला कलर बेल्ट प्याट्रनमा सासमन बस्नेतले र ब्ल्याक बेल्ट खुला प्याट्रनमा न्युजिल्यान्डका मार्क इलियोट विजयी भए। प्रतियोगितामा नेपाली बाहेक ३ अस्ट्रेलियन, न्यूजिल्यान्ड, भारत र बंगलादेशका १÷१ खेलाडीको सहभागिता थियो।

युनाइटेड आइटिएफ अस्ट्रेलियाका अध्यक्ष एवं ग्रान्डमास्टर मिचेल मुलेटा, आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे। सोही अवसरमा आइटिएफ नेपालले वैशाख १२ को विनाकारी भूकम्पमा घर क्षति भएका खेलाडी गयाजी खड्कालाई ३ हजार ४१ हजार रुपैयाँ सहयोग प्रदान गर्‍यो।

सोही भूकम्पमा परी ज्यान गुमाएका नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा मकवापुरका संस्थापक अध्यक्ष सुमन भोम्जनको परिवारलाई र नेपाल पत्रकार महासंघ काभ्रेलाई समान १० हजार रुपैयाँ प्रदान गरिएको थियो। आइटिएफ नेपालको आयोजनामा आइतबार सेमिनार हुने जानकारी दिएको छ।


धेरै पटक पढिएको