काभ्रेमा खुला कारागार बनाउने निर्णय कागजमै सीमित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 23, 2015

काभ्रेमा खुला कारागार बनाउने निर्णय कागजमै सीमित

विभिन्न मुद्दामा दोषी ठहर भई अदालतको फैसला पछि कारागारमा सजाँय भोगिरहेका बैदीबन्दीलाई सुधार गर्नका लागि काभ्रेमा खुल्ला कारागार निर्माण गर्ने योजना अलपत्र परेको छ । कारागार भवन निर्माणका लागि उपयुक्त जग्गा नपाएका कारण योजना अलपत्र परेको हो ।
क्षमता भन्दा बढी कैदीबन्दी रहेको जिल्ला कारागार कार्यालय काभ्रेको लागि पाँच करोडको लगानीमा विभिन्न सुविधासहितको भवन निर्माण गर्ने लक्ष्य लिएको वर्षौ वितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा कैदीबन्दीहरु मर्कामा परेका छन् ।

कारागारको भवन निर्माणका लागि काभ्रेको अरनिको राजमार्गको साँगा भञ्ज्याङदेखि पाँचखालसम्म राजमार्गको दायाँबायाँ पाँच सय मिटरको दूरीमा कारागार निर्माणका लागि जग्गा खोजी गर्दा उपयुक्त जग्गा नपाएपछि कारागार बनाउने योजना रोकिएको थियो । भवन निर्माणका लागि बनेपा–११ गोसाईकुँण्ड, शैक्षिक तालिम केन्द्र नजिकै पटक÷पटक जग्गा हेरेपनि जग्गा नमिलेका कारण भवन निर्माण कार्यको काम अघि बढ्न नसकेको जिल्ला कारागार कार्यालय काभ्रेका प्रमुख जेलर महेशकुमार पोखरेलले जानकारी दिए ।

कहिँकतै जग्गा नमिलेपछि शहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेले हालको कारागार रहेको स्थानमा नै भवन निर्माण गर्ने भन्दै भवनको डिजाईन समेत तयार पारेको थियो । कारागार रहेको तीन रोपनी जग्गामा भवन निर्माण गर्दा मापदण्ड अनुसार भवनको अगाडि र पछाडिपट्टी सडकको भाग छोड्दा ठाउँ सानो हुने र सोचे अनुसारको भवन निर्माण गर्न नसकिने पोखरेलले बताए । उपयुक्त जग्गा नपाएपछि भवन निर्माणका लागि कारागार व्यवस्था विभाग र भवन डिभिजन कार्यालयले समेत जिल्ला कारागारसँग समन्वय गरेको छैन ।

सरकारले अहिलेको कारागार कार्यालय रहेको स्थानमा भवन निर्माण गर्नका लागि आर्थिक वर्ष २०७०÷०७१ का लागि माटो परिक्षण, भवनको डिजाईन, बोलपत्र आह्वान र ठेक्का लगाउनका लागि १५ लाख रुपैँया बजेट विनियोजन गरेको थियो । करिब ५ करोड रुपैँयाको लागतमा कारागार भित्र पुरुष बन्दीगृह, महिला बन्दी गृह, कारागार कार्यालय र सुरक्षाकर्मीका लागि बस्ने ब्यारेकको छुट्टाछुट्टै भवन बनाउने भनिएको थियो । -mechikali.com

धेरै पटक पढिएको