काभ्रेमा गर्भवती तथा सुत्केरी महिलाहरुको अवस्था - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

काभ्रेमा गर्भवती तथा सुत्केरी महिलाहरुको अवस्था

अशोक महत, जेठ ६ गते
महाभुकम्पबाट देशभर सबैभन्दा धेरै महिला तथा बालबालिका प्रभावित भएका छन् । काभ्रेमा मात्रै २ हजार ५ सय ८ जना महिला प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
भुकम्पमा परि जिल्लामा १ सय ३० जना महिलाको मृत्यु भएको छ भने २ हजार ३ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाहरु सबैभन्दा धेरै मारमा परेका छन् ।
पनौती नगरपालिका १० कि सविना ढुङ्गानाले आफ्नो ९ महिने पेटभित्रको बच्चासंगै महाभुकम्पको सामना गर्नुप¥यो, बैशाख १२ गते उहाँ घर बाहिरै रहनुभएकाले घर भत्किए पनि सुरक्षित हुनुभयो, तर भुकम्पको पिडा त्यसै दिनदेखि उहाँले पनि खेप्नुप¥यो । बैशाख २१ गते बच्चा जन्मने मिति पाउनुभएकी सबिनाले खुला आकाश मुनि मुडामा बसेर आँखा झिमिक्क नगरी डर र त्रासमा ४ रात कटाउनुप¥यो.
बच्चा जन्मिए पछि पाल मुनिको बासाईका कारण चिसोे र खानपान नमिलेपछि उहाँ र बच्चामा रुघाखोकी र निमोनियाको समस्या देखिएको छ ।
यस्तै पनौती नगरपालिका ४ स्थित ज्यालाचिटीमा रहेको एक शिविरमा १५० जना बस्दै आईरहेका छन् । उक्त शिविरमा ५ जना सुत्केरी र २ जना गर्भवती महिला रहेका छन् । शिविरमा रहेका सुत्केरी र बच्चाको अवस्था दयनिय रहेको बताउदै एक सुत्केरीकी आमा उनीहरुलाई कतैबाट राहत नआएको बताउनुहुन्छ
काभ्रेमा अहिले १ हजार ७ सय २३ जना सुत्केरी रहेका छन् । भुकम्पका कारण ३६ जानको गर्भ तुहिएको र हाल ६ सय १९ जना गर्भवती अवश्थामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला तथा बालबालिका सेवा केन्द्रले बताएको छ ।
सुत्केरीहरुको तथ्याङ्क संकलन गर्ने काम भैरहेको बताउदै महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख सिता श्रेष्ठ, जिल्लाभरका सुत्केरी महिलालाई पाँचखाल सेफ सेन्टर बनाएर सुरक्षा र राहत दिईने बताउनुहुन्छ
यसैगरी बालबालिका पनि विपत्तिको समयमा उच्च जोखिममा रहेको जिल्लाका मानवअधिकारकर्मीहरुले बताएका छन् । घरबारविहिन र आमाबाबु नभएका बालबालिकालाई राहतको आशा देखाउदै ओसारपसार र बालिकाहरु यौन शोषणमा परेको घटना बाहिर आईरहेको छ ।
भुकम्पको प्रकोपमा सुत्केरी, गर्भवती महिला संगसंगै जोखिममा रहेका बालबालिकाको संरक्षणको आवश्यकता पनि प्रष्ट रुपमा देखिएको छ।
     अशोक महत, रेडियो नेपाल, काभ्रेपलाञ्चोक

धेरै पटक पढिएको