काभ्रेको कृषि क्षेत्रमा १ अरब ३७ करोड बराबरकोे क्षती - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

काभ्रेको कृषि क्षेत्रमा १ अरब ३७ करोड बराबरकोे क्षती

अशोक महत, जेठ ९ गते २०७२
बैशाख १२ र २९ गतेको भुकम्पको पराकम्पन कम हुदै जाँदा काभ्रे जिल्लाको जनजिवन विस्तारै सामान्य हुदै गएको छ । भुकम्पका कारण आएको विपत्ती र दुःखलाई विर्साउन खोज्दै खेतबारीमा थाती रहेको अन्नबालीको जोहो गर्न किसानहरु खेतबारीमा देखिन थालेका छन् । आलु, गहुँ भित्राउन मकै छर्न संगसंगै बाँसको लागि टहरो निर्माण कार्यमा उनीहरु लागिरहेका छन् ।
यद्यपी भुकम्पका कारण काभ्रेको कृषि क्षेत्रमा पनि ठुलो क्षती भएको छ । भण्डारण गरिएको अन्नबाली पुरिनु तथा पशुपंक्षीको मृत्यु हुदा १ अरब ३७ करोड बराबरको क्षती भएको जिल्ला विकास समितिले प्रारम्भिक तथ्याङ्क निकालेको छ ।
भुकम्पका कारण घर भत्कदा भण्डारण गरिएको अन्नपात पुरिदा ५० हजार मेट्रिक टन बाराबरको अन्न नष्ट भएको बताउदै जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दिपक पौडेलले गोलभेडा खेती गर्ने टनेल र हाजारौ मौरीका घारमा समेत क्षती पुगेको उल्लेख गर्नुभयो.
हाल धान र मकैको बीउको माग ज्यादा रहेको र राहत स्वरुप कृषि विभागबाट ६० मेट्रिक टन धानको बीउ आएको र छिट्टै कृषकलाई वितरण गरिने पौडेलले बताउनुभयो।
काभ्रे गाविस ७ का कृष्णप्रसाद न्यौपानेको घर भत्कदा वर्षभरी खान पुग्ने अन्नपात बाहिर निकाल्नै नपाई पुरीएर माटोमा मिल्यो । अब खेतमा रोप्ने धानको बीउ नभएपछि जिल्ला कृषि विकास कार्यालयमा बीउ लिन पुग्नुभएका न्यौपाने गाँस र बास गुमे पनि खेती किसानीको गर्नुको विकल्प नभएको बताउनुहुन्छ...
उता भुकम्पकै कारण जिल्लाका पशुपंक्षीमा पनि ठुलै क्षती पुगेको जिल्ला पशु सेवा कार्यालयले बताएको छ । जिल्लामा ३६ हजार ६ सय १७ पशुपंक्षीको मृत्यु भएको छ । जसका कारण १२ करोड बराबरको आर्थिक क्षती भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डाक्टर शरणकुमार पाण्डले बताउनुभयोे.
जिल्लाको चण्डेनीमण्न, गैरीविसौना, नयाँगाउँ, देवीटारलगायतका गाविसमा सबैभन्दा धेरै पशुधनमा क्षती पुगेको छ ।
घर र गोठमा पुरिएर मरेका पशुपंक्षीको सिनो व्यवस्थापन,घाईते पशुको उपचारका काम सकिएको पशुसेवा कार्यालयले जनाएको छ । पिडितलाई राहतको विषयमा छलफल चलिरहेको र कृषकहरुले विशेषगरी बचेका आफ्ना पशुपक्षी राख्न गोठको माग गरिरहेको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा मरेका ३६ हजार ६ सय १७ पशुपंक्षी मध्ये जम्मा २ सय २० वटा गाईभैसीको मात्र विमा गरिएको पाईएको बताउदै डाक्टर पाण्डेले आफ्नो पशुधनको विमा गर्नुपर्छ भन्ने शन्देश किसानमा भर्खरै गएको बताउनुहुन्छ..
कृषिजन्य उत्पादनमा ठुलो भाग ओगटेको काभ्रे जिल्लाका भुकम्प पिडितहरुलाई राहत स्वरुप कृषि जन्य वस्तुका बीउबिजन छिट्टै उपलब्ध गराउनुपर्ने देखिएको छ । पिडित कृषकहरुको दैनिकी सामान्य बनाउन सम्बधित निकायबाट कृषि जन्य सामाग्रीहरुमा विशेष छुट तथा सहज वितरण गर्नुपर्ने देखिएको छ ।
अशोक महत, रेडियो नेपाल, काभ्रेपलाञ्चोक

धेरै पटक पढिएको