पाँचखाल नगरपालिकाको बजेट ४ करोड - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 18, 2014

पाँचखाल नगरपालिकाको बजेट ४ करोड

अशोक महत, पाँचखाल/  नवघोषित पाँचखाल नगरपालिकाले पहिलो नगरपरिषद्मार्फत आगामी आर्थिक वर्ष  २०७१÷७२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार पाँचखालमा भएको कार्यक्रममा उपप्रधान तथा सं
घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नगर परिषद्द्धारा पारित बजेट सार्वजनिक गर्नुभएको हो । परिषद्ले ४ करोड ६४ लाख  बजेट स्वीकृत गरेको छ ।
नगरपालिकाले लक्षित वर्गका लागि सबैभन्दा बढी ८४ लाख २५ हजार विनियोजन गरेको छ । “कृषि सहर, पाँचखाल नगर” भन्ने नाराका साथ भएको परिषद्बाट महिला स्वयमसेविकाहरुका मासिक भत्ता ५ सय हुने समेत उल्लेख गरिएको छ ।

यस्तै मन्त्री सिंहले अन्तरिमकालका लागि मात्रै भएपनि स्थानीय निकायको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभएको छ । स्थानीय निकाय जनप्रतिनिधि विहीन हुदाँ सरकारको नीति तथा कार्यक्रमसमेत लक्षित वर्गसम्म पुग्न नसकेकाले तत्काललाई संविधान जारी नहुदाँसम्मका लागि भए मात्रै पनि निर्वाचन गराउनुपर्ने आवश्यकता भएको उहाले बताउनुभयो । निर्वाचनका लागि उहाँले स्थानीय स्वायत्त शासन २०५५ को केहि बुदाँ परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

धेरै पटक पढिएको