काभ्रेमा घरेलु बालश्रमिकको संख्या बढ्दो, १ सय ९ भन्दा बढी सडक बालबालिका - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 18, 2014

काभ्रेमा घरेलु बालश्रमिकको संख्या बढ्दो, १ सय ९ भन्दा बढी सडक बालबालिका

अशोक महत, बनेपा/  बढ्दो आधुनिकता तथा सहरीकरण संगसंगै बाल श्रमिकको संख्यामा पनि बृद्धि हुदै गईरहेको छ । कुनै एउटा जिल्ला विषेशमा मात्र नभएर समग्र देशकै समस्याको रुपमा देखा परेको छ, बालश्रम । विशेष गरी घरको आर्थिक कारण बालबालिकाहरु श्रमिक बन्न बाध्य भएका छन् । शहरी क्षेत्रका कलकारखाना, उद्योग, होटल, सडक तथा व्यक्तिका घरमा समेत श्रमिक बालबालिकाहरु प्रसस्तै देखिन्छन् ।

काभ्रे जिल्लामा पनि घरेलु बालश्रमिकको रुपमा काम गर्ने बालबालिकाको संख्या उल्लेख्य मात्रामा रहेको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरुको संख्या बढे पनि काभ्रे जिल्लामा घरेलु बालश्रमिकको संख्या भने घट्न सकेको छैन । जिल्लामा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले ती बालबालिका लागि भन्दै बार्षिक कराडौँ रकम खर्च गर्ने गरेपनि उपलब्धि देखिदैन ।
जिल्ला बालकल्याण समिति काभ्रेले सार्वजनिक गरेको बालबालिकाको स्थिति प्रतिवेदन २०७० अनुसार जिल्लामा अहिले ७ देखि ११ प्रतिशत बालबालिका कुनै न कुनै माध्यमबाट बालश्रमिक बन्न बाध्य छन् । विशेष गरी आर्थिक, पारिवारीक तथा बालश्रमलाई समस्या नै हाईन भनेर हल्का रुपले लिदा बालश्रमिकहरु बढेको जिल्ला बालकल्याण समिति काभ्रेका अधिकृत जयराम कर्माचार्यले बताउनुभयो ।
‘काभ्रे जिल्ला पर्यटकिय, व्यापारीक र सांस्कृतिक पुरातात्विक जिल्लाको रुपमा परिचित भएपनि बालश्रमिकहरुको उपस्थितिले जिल्ला बाहिर तथा पर्यटकमा समेत जिल्लाको विषयमा नकारात्मक सन्देश गईरहेको छ’, अधिकृत जयराम कर्माचार्यले भन्नुभयो, बालश्रमिक सबैको साझा चासो र समस्याको विषय हो, यसलाई सबै मिलेर समाधान गर्नुपर्छ ।’
काभ्रेमा १ सय ९ जना सडक बालबालिका रहेको बताइएको छ । यद्यपी काभ्रकै बालबालिका अन्य बाहिरका जिल्लामा समेत गएर श्रम गरिरहेको देखिएको छ । भक्तपुर, काठमाडौँ उपत्यका लगाएतका जिल्लाका विभिन्न क्षेत्रमा सडक बालबालिका बनी हिड्न र श्रम गर्न बाध्य बनीरहेका छन् ।
भक्तपुरमा रहेका ६४ इटा भट्टामा काम गर्ने बालबालिका मध्ये ३० प्रतिशत काभ्रेका ‘बालबालिका भएको प्रतिवेदनमा भनिएको छ । बालश्रम पुस्तान्तर हुने कुरा हो’, अधिकृत जयराम कर्माचार्यले भन्नुहुन्छ, बालश्रम अर्को पुस्ताको पनि गरिवीको कारण हो ।’ जस्तै एउटा घरको बालक श्रमिक बन्न पुग्छ त्यसले उसको भावी सन्तानलाई पनि श्रमिक बन्न उत्प्ररित गरिरहेकोह हुन्छ ।
बालश्रमिकहरु काभ्रेको पनि समस्याको रुपमा बढ्दै गैरहेरका छन् । यो समस्यालाई अन्त्य गर्न काभ्रेका पनौती, बनेपा र धुलिखेलसहित तीन वटै नगरपालिकासंग सहकार्य गरी जिल्लाका बालश्रमिकलाई विद्यालयको पहुँचमा पु¥याउन आफुहरु लागि परिरहेको अधिकृत जयराम कर्माचार्यले बताउनुभयो । यसअघि बालश्रमको अन्य गराउन जिल्ला बाल कल्याण समिति तथा शान्ति जनआर्दश सेवा केन्द्रले हस्ताक्षर अभियानको कार्यक्रम समेत आयोजना गरेको थियो ।
 गाँउबाट सहरमा तथा सहरबाट अर्को जिल्लामा बालबालिकाहरु सर्ने हुनाले उनिहरुको तथ्याङ्क कति छ एकिनका साथ भन्न नसकिए पनि उनिहरुलाई आफ्नै जिल्लामा विद्यषलयको पहुँचसम्म पु¥याउन आफुहरुले प्रयास गरिरहेको अधिकृत कर्माचार्यले स्पष्ट पार्नुभयो ।

धेरै पटक पढिएको