नेपाल राष्ट्र बैंकले दशै तिहार बाहेक पनि नयाँ नोट साट्ने व्यवस्था गर्ने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, November 11, 2018

नेपाल राष्ट्र बैंकले दशै तिहार बाहेक पनि नयाँ नोट साट्ने व्यवस्था गर्ने

कात्तिक २६, काठमाडौं । नयाँ नोट साट्न अब दशैं नै कुर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दशै तिहारका अलवा अन्य चाडबाडका लागि पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गर्ने भएको छ । 

दशैंसँगै नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, घोडे जात्रा, इद लगायतका राष्ट्रिय पर्वमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

देशका विभिन्न जातजाती र भाषा भाषीले मनाउने चाडवाड तथा राष्ट्रिय दिवसमा नोट सटही गर्न पाइनेछ । सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

नयाँ नोट साट्नका लागि नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली लगायत उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकको कार्यालयहरुबाट पाउन सकिनेछ । 

यस अघि दशैमा मात्र नयाँ नोट दिने गरेको राष्ट्र बैंकमा नोट सटहीको लागि भिड लाग्ने गरेको छ । अन्य चाडवाडमा पनि नयाँ नोट साट्न पाइने भएपछि भीडभाड कम हुने विश्वास लिइएको छ।

धेरै पटक पढिएको