कार्यकर्ता रिहाईको माग गर्दै काभ्रेमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, November 12, 2018

कार्यकर्ता रिहाईको माग गर्दै काभ्रेमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

कात्तिक २६, काभ्रे । प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका मण्डन देउपुर नगरपालिका तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ काभ्रेले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।

नेविसंघ केन्द्रीय समितिले घोषणा गरेका कार्यक्रम अन्तरगत सोमबार नेविसंघ काभ्रेले बनेपाको टेलिकम चोक र रेम्बो फोटो स्टुडियो चोकमा पुत्ला जलाएको हो । नेविसंघ काभ्रेका नेता तथा कार्यकर्ता सहभागि कार्यक्रममा विभिन्न नारा समेत लगाएका थिए ।

यस्तै नेविसंघ काभ्रेले आब्हान गरेको हड्तालको कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन् । नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाईको माग गर्दै हिजो र आज काभ्र्रेका सबै विद्यालय बन्दको घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालयका नेविसंघका इकाई सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

नेविसंघले प्रत्येक जिल्लामा २८ गते २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिनुभयो । 

धेरै पटक पढिएको