यसरी चल्थ्यो नक्कली उत्पादनको सक्कली धन्दा, करोड बढीको मेसिन समेत जफत - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, November 13, 2018

यसरी चल्थ्यो नक्कली उत्पादनको सक्कली धन्दा, करोड बढीको मेसिन समेत जफत

कात्तिक  २७ , काठमाडौं  । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। 
बहुराष्ट्रिय कम्पनीका 'हेड एन्ड सोल्जर' लगायतका सामग्री उत्पादन गर्दै आएको एक नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार छापा मारेपछि यस्तो तथ्य खुलेको हो।

ज्योति सोप एण्ड केमिकल प्रालि नाममा नक्कली सामान उत्पादन गर्ने गरेको भेटिएपछि प्रहरीले संचालकसहित अन्य दुई जनालाई पक्राउ गरेको छ।

बासुप्रसाद विडारी र उनकी श्रीमती ज्योति विडारी लगायत अन्य दुई जना कामदारलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए। 

'करिव डेढ वर्षदेखि विडारी दम्पतीले आफ्नै घरमा नक्कली सामाग्री उत्पादन गरेको देखियो,' अनुसन्धान खटिएको डिएसपी होविन्द्र बोगटीले भने। उनका अनुसार उनीहरुले आफ्नो घरमा विदेशी ब्रान्डका बस्तु उत्पादन गर्दै आएका थिए। प्रहरीले ती सामाग्री उपत्पादन गर्न प्रयोग हुने गरेको एक करोड रुपैयाँभन्दा बढी मूल्यको मेसिन तथा उपकरण पनि बरामद गरेको छ। त्यस्तै ५० लाख भन्दा बढीको तयारी सामाग्री पनि बरामद गरेको छ।

यसरी उत्पादन गरेको बस्तु उनीहरुले राजधानी बाहिरका विभिन्न गाँउमा बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। डिएसपी बोगटीले भने, 'भ्याट बिल नबनाई गाउँमा लगेर सामाग्री बिक्री गर्ने गरेको देखियो।'



source: pahilopost.com

धेरै पटक पढिएको