भान्सासम्मै सिन्डिकेट, तरकारीमा बिचौलियाले ५ पटकसम्म मूल्य थप्छन् - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 19, 2018

भान्सासम्मै सिन्डिकेट, तरकारीमा बिचौलियाले ५ पटकसम्म मूल्य थप्छन्

भदौ ४, काठमाडौँ । तरकारीमा समेत सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो औसत १८ रुपैयाँमा काठमाडौं आउने काउलीलाई उपभोक्ता १३० रुपैयाँसम्म तिर्न बाध्य छन् । 

उत्पादक किसानबाट उपभोक्तासम्म आइपुग्दा करिब ५ तहमा मूल्य थपिने भएकाले उपभोक्ता चर्को मारमा परेका हुन् ।

राजधानीको तरकारी बजारमा ब्याप्त बिचौलियाको सिन्डिकेटले सामान्य मानिसको भान्साको खर्चलाई ह्वात्तै बढाइदिने गरेको छ । 

उपभोक्ताले तिर्ने पैसाको सानो अंश मात्र किसानसम्म पुग्छ । उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुने गरेको छ । 
यी सबै चरणमा मूल्य बढे पनि मध्यस्थकर्तापछि बढ्ने मूल्य किसानले पाउँदैनन् ।

धेरै पटक पढिएको