तीन नेपाली क्रिकेटर आईसीसी वान डे वरीयतामा समावेश - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, August 14, 2018

तीन नेपाली क्रिकेटर आईसीसी वान डे वरीयतामा समावेश


साउन २९, काठमाडौं  । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी वरीयतामा समावेश भएका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार सार्वजनिक गरेको वरीयतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्।
सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ वरीयतामा छन्। 

ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए। सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए।

साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको वरीयतामा समावेश भएका हुन्।

यसअघि यही साउन २३ गते आईसीसीले सार्वजनिक गरेको टी–२० वरीयतामा कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका थिए।

पारस ९०औं स्थान, शरद ९८औं स्थानमा, वसन्त ७१ औं स्थानमा तथा सोमपाल ९२औं स्थानमा परेका थिए ।

धेरै पटक पढिएको