१२ कक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी, यसरी थाहा पाउनुहोस् नतिजा.. - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, August 01, 2018

१२ कक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी, यसरी थाहा पाउनुहोस् नतिजा..


साउन १७, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज  सार्वजनकि गर्ने तयारी गरेको छ ।  
यसअघि बोर्डले बुधबार (हिजो) नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न नसकिएको र आज सार्वजनिक गर्ने तयारी भैरहेको बोर्डले जनाएको छ । 

गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्दै छ ।
नतिजा कसरी थाहा पाउने ?
नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । 
नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

धेरै पटक पढिएको