कक्षा १२ को नतिजा भोलि सार्वजनिक गरिने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 30, 2018

कक्षा १२ को नतिजा भोलि सार्वजनिक गरिने

साउन १५, काठमाडौं । गत बैशाखमा लिईएको कक्षा १२ को नतिजा भोली (बुधबार) सार्वजनिकको तयारी भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने बताएपनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गर्न लागिएको हो ।

केही प्राविधिक काम बाँकी रहेको नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाफलमा कुनै कमीकमजोरी भए नभएको सम्बन्धमा अन्तिम परिक्षण जारी रहेको नियन्त्रण कार्यालय स्रोतको भनाइ छ ।

यो वर्ष सबै संकायको नतिजा एकैपटक सार्वजनिक गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । 

यसअघि बिज्ञान संकायको नतिजा सार्वजनिक गरेपछि मात्रै अन्य संकायको नतिजा सार्वजनिक गर्ने गरिन्थ्यो । 

यो वर्ष परीक्षामा २ लाख ९८ हजार नियमित र १ लाख १६ हजार आंशिक गरि ४ लाख १५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

धेरै पटक पढिएको